धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरुले आफ्नो भविष्यमाथि लापरवाही भएको गुनासो गरेका छन् । 

प्रतिष्ठानस्थित विद्यार्थी कल्याण समाजका अध्यक्ष डा.ओम शान्ति रजकले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुले संविधानप्रदत अधिकारको लागि आवाज उठाइरहदासमेत सम्बन्धित निकायले ओझेलमा पारेर गैरजिम्मेवारपन देखाएको जनाएका छन् । बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै शिक्षकहरुले पठनपाठनलगायत शैक्षिक कार्यक्रमहरु पुर्णरुपमा बहिष्कार गर्दा प्रतिष्ठानका विद्यार्थीहरु मारमा छन् । विद्यार्थीहरुले शैक्षिक अधिकार र परीक्षा सञ्चालनका गतिविधिहरु यथासिघ्र सञ्चालन गरेर संवैधानिक अधिकार सुनिश्चित गर्न पनि माग गरेका छन् ।

प्रतिष्ठानमा गत भदौ १३ गतेदेखि २४ गतेसम्म र असोज २२ गतेदेखि कार्तिक २० गतेसम्म पनि शिक्षकहरुको चरणबद्ध आन्दोलन हुँदा शैक्षिक गतिविधि ठप्प भएको थियो । अहिले पुनः पुष २९ गतेदेखि शुरु भएको आन्दोलनले पठनपाठन र परीक्षाका कार्यक्रमहरु ठप्प छ । यसले विद्यार्थीहरुको शैक्षिक क्यालेन्डर बिथोलिएको छ भने थप आर्थिक भार र तनाव पनि थपिएको गुनासो छ ।

bp student