धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई आक्रमण प्रयास भएको घटनाको जिम्मेवारी क्रान्तिकारी युवा संगठन नेपालले लिएको छ । 

संगठनको केन्द्रीय समितिका संयोजक हरिश भट्टले मंगलबार नै प्रेज्ञ विज्ञप्ती जारी गर्दै घटनाको जिम्मेवारी लिएको हो । उक्त संगठनले प्रतिष्ठानका पदाधिकारीहरु चरम भ्रष्टचारमा लिप्त रहेको र लामो समयदेखि अनियमितता र भ्रष्ट व्यक्तिहरुको अनैतिक हर्कतबाट प्रतिष्ठान थिलोथिलो बनेको पनि जनाएको छ । प्रतिष्ठानका शिक्षक चिकित्सक र कर्मचारीहरु आन्दोलनमा रहेपनि घुस खुवाएर बनेका पदाधिकारीहरु हैकमवादी रवैया देखाउदै प्रतिष्ठान प्रांगणमा प्रहरी भ्यानहरु राखेर आतंक सृर्जना गर्ने, उल्टै कर्मचारीहरुमाथि झुटा मुद्दा लगाउन बाध्य भएको पनि संगठनले जनाएको छ ।

भिडियो:

प्रतिष्ठानको समस्यालाई समाधानका उपायहरु अवलम्बन गर्न दिएको सुझाव पनि लत्याउदै स्वेच्छाचारीढंगले भ्रष्टचारमा लिप्त पदाधिकारीहरु सच्चिने छाट नदेखिएपछि उपकुलपति कार्कीलाई संकेत स्वरुपम कार्यालयमै विरोध प्रर्दशन गरेको पनि विज्ञप्तीमा उल्लेख छ । त्यसक्रममा संगठनका प्रदेश कार्यालय सदस्यद्धय सुदीप शेर्पाली, खेम थापा र अखिल क्रान्तिकारीका प्रदेश सहसंयोजक निशान कटवाललाई प्रहरीले गिरफ्तार गरेको पनि विज्ञप्तीमा खुलाइएको छ । संगठनले पक्राउ परेकाहरुलाई यथासिघ्र रिहाई र भ्रष्ट पदाधिकारीहरुलाई कारबाही गर्न पनि माग गरेको छ ।

मंगलबार बिहा करिब साढे ११ बजे का।मु।उपकुलपति कार्कीलाई भेट्न तीन जना व्यक्तिहरु कार्यकक्षमा पुगेका थिए । कार्कीले नै भेट गर्न बोलाएपछि पुगेका व्यक्तिहरुले केही समय कुराकानी गरेपछि मोविल प्रहार गरेका थिए । तर, उपकुलपति कार्यकक्षमा भएका प्रहरीले छेकेपछि मोविल प्रहारबाट कार्की जोगिएका थिए । आक्रमण गर्न पुगेका युवाहरु मोहन वैध किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्बद्ध भएको बताइएको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भेनमा चढाउन लैजादै गर्दा प्रतिष्ठान परिसरमा क्रान्तिकारी कम्युनिष्ट पार्टी जिन्दवादको नारा पनि लगाएका थिए । 

baida copy