धरान: राष्ट्रिय स्वतन्त्र पार्टी धरान उपमहानगर समितिको सभापतिमा सुमन श्रेष्ठ चयन भएका छन् ।

पार्टीको शुक्रबार भएको धरान भेलाले श्रेष्ठको सभापतित्वमा समिति चयन गरेको हो । पेशाले इञ्जिनियर रहेका श्रेष्ठ यसअघि पार्टीको धरान समितिका सचिव थिए । भेलाले उपसभापतिमा राम कार्की चयन गरेको छ भने सदस्यहरुमा श्री कृष्ण प्रसाई, ठाकुरबहादुर कार्की, ख्याम प्रसाद फुँयाल चयन गरेको छ ।

यस्तै, ठग बहादुर राई, भोलामान गुरुङ, मिरा लोहार, सुनिता श्रेष्ठ, प्रतिमा श्रेष्ठ र परिया परियार पनि पार्टीको नगर सदस्यमा भेलाबाट चयन भएका छन् ।