धरान: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान १६ वडा कमिटीका सभापतिले सत्य गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

गुरुङले मंगलबार पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले आफु स्वतन्त्र रहने र मेयर हर्क साम्पाङको श्रमदानको अभियानलाई साथ दिने पनि बताए । रवि लामिछाने नेतृत्वको स्वतन्त्रहरु समेटिने आशामा रास्वपामा प्रवेश गरेको भएपनि पुरानै पार्टीका मानिसहरु भित्रिन थालेपछि आफुलाई चित्त नबुझेको गुरुङको भनाई थियो । साथै, धरानमा प्रदेश कमिटीका नेताहरुको हस्तक्षेप भएर नगर कमिटीलाई पंगु बनाउने काम भएकोले पनि आफुले पार्टी छोडेको उनले बताए ।

मेयर साम्पाङले पार्टी खोलेमा आफु नलाग्ने दाबी गर्दै उनले मेयरलाई पनि स्वतन्त्र नै बस्न र पार्टी नखोल्न सुझाव दिएको बताए । राम्रो काम गर्न पार्टी नै आवश्यक नभएको भन्दै गुरुङले देशभर नै स्वतन्त्रको लहर ल्याउनुपर्ने पनि बताए । उनी विगतमा जनता समाजवादी पार्टीमा थिए भने पछिल्लो समय रास्वपामा थिए । पार्टीमा भएर पनि उनी मेयर साम्पाङको श्रमदान अभियानमा सक्रियतापुर्वक लागेका थिए । उनी पछिल्लो समय श्रम सँस्कृति पार्क गेट निर्माण समितिमा र सुम्निमा पारुहाङ प्रतिमा निर्माण समितिमा रहेर मेयर साम्पाङलाई सहयोग गरिरहेका छन् । 

भिडियो: