विराटनगरः कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाई मुख्यमन्त्री कार्कीले नियुक्त गरेका हुन् ।

सरकारमा दुई जना कांग्रेसका सांसदलाई राज्यमन्त्रीसमेत नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङ तथा राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको सपथ गराए ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला  तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ राम नियुक्त भएका हुन् । यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु नियुक्त भईसकेका छन् । यो संगै कोशीको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।