धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वरेक्टर एवं हाडजोर्नी बिशेष प्रा.डा.गुरु खनालले आफ्नो एसएलसी फेल र बिहारको नक्कली सर्टिफिकेट भन्दै प्रकाशित समाचारको खण्डन गर्दै चरित्र हत्या गरेको बताएका छन् । उनले त्यसविरुद्ध साइबर ब्युरोमा उजुरी दिएर कानुनी प्रक्रियामा गएको पनि बताएका छन् ।

एक अनलाइनमा डा.खनाल एसएसली फेल भएको र इन्टरमिडियट तहको सर्टिफिकेट विहारबाट नक्कली ल्याएको भन्दै समाचार प्रकाशन भएको थियो । समाचारमा खनालको २०३८ सालको एसएलसीको सर्टिफिकेट मात्र प्रकाशन भएको थियो । तर, डा.खनालले आफु गाउँको विद्यालयमा अध्ययन गरेको र पहिलो पटक एसएलसीमा अंग्रेजीमा फेल भएपनि अर्को बर्ष पास गरेको भन्दै सर्टिफिकेट देखाए । उनले भने,‘म गाउँको स्कुलमा पढेको हो । त्यतिबेला पहिलो पटक एसएलसीमा अंग्रेजीमा फेल भएकै हो । तर अर्को बर्ष पास भएको छँ । समाचारमा फेल भएको सर्टिफिकेट मात्र राखियो, अर्को बर्ष पास भएको नराखेर चरित्र हत्या गरियो ।’

डा. खनालले बिहारबाट सर्टिफिकेट ल्याएको आरोपबारे खण्डन गर्दै भने, ‘मैले पिसिएल महाराजगञ्ज क्याम्पस पढेको छुँ, तर महाराजगञ्जलाई विहार देख्नुभएछ । लेख्नै मन लागेको भए मलाई सोध्नुपर्नेथियो होला नि ।’ डा.खनालले अख्तियारमा सर्टिफिकेटबारे उजुरी परेपछि सबै प्रमाणपत्रहरु दिएको र केही खराबी नभेटेपछि मुद्दा दायर नभएको बताए । ‘अख्तियारमा वेनामे उजुरीहरु पनि पर्छ, र बुझ्नको लागी पत्र पठाउछ । मलाई पनि पत्र आएपछि सबै प्रमाणपत्र स्कान गरेर पठाएको थिएँ, केही नै नभेटेपछि मुद्दा दायर गर्ने कुरा नै भएन,’ उनले भने,‘२०७७ सालको पत्र अहिले सार्वजनिक गरेर मेरो चरित्र हत्या गरेको हो ।’

भिडियो:

डा.खनालले प्रतिष्ठानको छाप लगाएको प्रशासनिक गोप्य पत्र र शैक्षिक प्रमाणपत्रहरु सार्वजनिक गरेको बिषयमा पनि अनुसन्धानको लागि उजुरी दिएको बताए । संस्था अफ्ठेरोमा पर्दा र निकास आउने वातावरण हुँदा जहिल्यै अस्थिरता चाहने र धरासायी भएको देख्न चाहनेहरुले चलखेल गर्ने गरेको डा.खनालले बताए । ‘दुःखका साथ भन्न चाहन्छु, प्रतिष्ठानलाई लुटेर खान चाहने व्यक्तिहरुकै यो खेल हो । संस्था अफ्ठेरोमा पर्दा, निकास आउदा जहिल्यै त्यो गिरोह यसरी नै खेल्छ,’उनले भने ।

प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ एवं पुर्वरेक्टर प्रा.डा.विक्रम श्रेष्ठले पनि व्यक्तिको मापन एसएलसी फेल वा पासको आधारमा नहुने बताए । एसएलसीमा फेल हुने व्यक्तिले भविष्यमा सफलता पनि पाएको हुनसक्ने भन्दै उनले भने,‘एक पटक एसएसली फेल भएको व्यक्ति पछि राम्रो पनि त गर्नसक्छ ।’ डा.श्रेष्ठले अहिले डा.खनाललाई कायममुकायम उपकुलपति बनाउन लागेको भन्ने हल्ला चलेपछि उनको चरित्र हत्या गर्ने वद्नियतले समाचार आएको पनि बताए । ‘प्रतिस्पर्धा हुनु नराम्रो होइन, हुन्छ तर स्वास्थ्य हुनुपर्छ । तर कसैलाई चरित्र हत्या गर्न हुदैन,’उनले भने ।

guru slc

guru slc1

guru2

guru certificate4

guru5