धरान:  हिजो शनिबार नेकपा माओवादी केन्द्र वडा नं १९ कमिटीको अगुवाईमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेट भत्काउने डोजर अपरेटर र मालिकलाई प्रहरीले म्याद थप गर्न लगेको छ । 

म्याद थप गर्न लैजाने बेला आज बिहान ईलाका प्रहरी कार्यालय गेटमा माओवादीका नेता, कार्यकर्ताले अवरोध गरेको थियो । त्यसक्रममा केहीबेर झडपको स्थिति बनयो । प्रहरीले वल प्रयोग गरेर भिडलाई हटाए पछि मात्र थुनुवा बोकेको गाडी म्याद थर्न गएको थियो । माओवादी नेता सन्तोष लिम्बुको नेतृत्वमा आएको टोलीले चालक र मालिक निर्दोष भएकोले छोड्नुपर्ने माग गरेका थिए । अवरोध गर्ने क्रममा प्रहरीले लिम्बुलाई केहीबेर नियन्त्रणमा लिएर छोडेको छ । 

police1

हिजो  वीपी प्रतिष्ठानको बन्द अवस्थाको दक्षिण पुर्वी गेट भत्काएपछि प्रहरीले डोजर अपरेटर उदिम खड्का र मालिक प्रदिप क्षेत्रीलाई पक्राउ गरेको थियो । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्र्तगत प्रतिष्ठान प्रवेश गर्ने दक्षिण जंगलतर्फको पुरानो बाटोको गेट खोल्न माग गरेको थियो । प्रतिष्ठानले सुरक्षा कारण देखाउदै माग पुरा नगरेपछि हिजो डोजर लगाएर भत्काइएको थियो । 

भिडियो: