धरान: व्यापार, व्यवसाय प्रर्वद्धन गर्ने उद्देश्यले भोली शुक्रबारदेखि शुरु हुन लागेको ‘धरान एक्स्पो–२०८०’ को तयारी पूरा भएको छ।

सुनसरी उद्योग वाणिज्य संघले आज (बिहिबार) पत्रकार सम्मेलन गरेर फागुन २३ गतेसम्म हुने एक्स्पोको तयारी पुरा भएको जानकारी दिएको हो । धरान(१६ स्थित रंगशाला दक्षिणको मैदानमा हुने एक्स्पोको उद्घाटन शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गर्नेछन् । 

आयोजक संघका अध्यक्ष विजय श्रेष्ठले एक्स्पोमा स्वदेश तथा विदेशका विभिन्न उत्पादनहरु बिक्री तथा प्रर्दशनीमा रहनेछ । व्यापार प्रर्वद्धनसँगै मनोरञ्जनका साधनहरु पनि व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार एक्स्पोमा साहसिक खेल जिप लाइन पनि हुनेछ भने बाल उद्यान तथा अन्य खेलहरु पनि हुनेछ ।

अध्यक्ष श्रेष्ठका अनुसार एक्स्पोमा कुल १५० वटा स्टल हुनेछ । ती मध्ये डोम ह्याङ्गरभित्र ७८ वटा स्टल हुनेछ । शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको लागि डोम बाहिर २० वटा निःशुल्क स्टल पनि उपलब्ध गराइएको छ । एक्स्पोमा विशेष रूपमा धरानको स्थानिय उत्पादन, कृषि सामाग्री बेसार, कालो बङ्गुर, तिनपाने, अदुवा, अम्लिसोलाई प्रवर्द्धन गरिने स्टल संयोजक बिष्णु बरालले जानकारी दिए ।    

expo1

एक्स्पो अवधिमा ५ लाख बढी उपभोक्ताहरुले अवलोकन गर्ने आयोजकको अनुमान छ भने १६ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको एक्स्पो संयोजक एवं संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले बताए । एक्स्पोमा पाँच तारे होटलदेखि सामान्य होटलसम्मको स्टल पनि रहनेछ ।

एक्स्पोमा बिहानदेखि बेलुका ४ बजेसम्म प्रवेश निःशुल्क हुनेछ । राती राष्ट्रियस्तरको कलाकारहरुको प्रस्तुती हुने भएकोले बेलुका ५ बजेपछि प्रवेश टिकट १०० देखि २०० रुपैयाँसम्म रहने आयोजकले जनाएको छ । एक्स्पो अवधिमा लोकनृत्य प्रतियोगिता पनि हुनेछ । भोली उद्घाटन समारोहअघि भानुचोकदेखि साँस्कृतिक झाँकीसहित र्याली पनि एक्स्पोस्थलसम्म जानेछ । 

भिडियो: