धरान : लोकप्रिय गायक प्रकाश सपुतले धरान एक्स्पोमा आफ्नो प्रस्तुती दिने भएका छन् ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको ‘धरान एक्स्पो–२०८०’को पाँचौं दिन ९फागुन १५ गते० गायक सपुतले आफ्नो प्रस्तुति दिने भएका हुन् । दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’ स्थापित भएका सपुतको प्रस्तुती हेर्न धरानका दर्शक प्रतीक्षारत रहेको एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । एक्स्पोमा प्रकाशसँगै स्थानीय कलाकारहरुले पनि आफ्ना कला प्रस्तुत गर्नेछन् ।

रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइएको धरान एक्स्पो अवलोकन गर्न आउनेलाई दिनभर प्रवेश शुल्क नलाग्ने संयोजक श्रेष्ठले जानकारी दिए । उनले भने, ‘साँझ मनोरञ्जनात्मक कार्यक्रम हुन्छ । राष्ट्रिय कलाकारहरू आउँदा २०० रुपैयाँ टिकट राख्ने गरेका छौँ ।’ एक्स्पोमा सवारी साधन पार्किङ पनि निःशुल्क रहेको संयोजक श्रेष्ठले बताए ।

फागुन ११ गतेदेखि सुरु भएको एस्क्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, सेल्फी जोन, किड्स जोन रहेको आयोजकले जनाएको छ ।