धरान: लायन्स क्लव अफ धरान विजयपुरद्धारा धरान १७ टेम्के चौकस्थित श्री मावि घोपा स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।

क्लबले मंगलवार विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरि घोपा स्कुलका ७ कक्षा सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री र जेहेन्दार एक छात्र र एक छात्रा विद्यार्थीलाई स्कुल पोशाक प्रदान गरेको थियो । क्लवले १ सय ६० विद्यार्थीहरुलाई करिव ३३ हजार रुपैया बराबरको शैक्षिक सामग्री वितरण गरेका छन् । 

शैक्षिक सामग्रीका लागि सहयोग रकम धरान ८ निवासी हाल युके वस्नु हुने दल याङदेन र उनको श्रमती गिता याङदेनले उपलव्ध गराएको हो । उनीहरुले आफ्नो २७ औ वैवाहिक वर्षगाठको अवसरमा सामाजिक कार्यका लागि रकम उपलव्ध गराएका हुन् । वैवाहिक वर्षगाठको अवसरमा नियमित रुपमा सामाजिक कार्य गर्दै आइरहेको उनको साथी समेत रहेका एलसिआइएफ जिल्ला संयोजक लायन्स रेखा गुरुङले जानकारी गराए । गुरुङकै पहलमा सहयोग रकम क्लवलाई प्रदान गरेका हुन् ।

school1

सहयोग सामग्री कार्यक्रमका सभाध्यक्ष लायन्स विजयपुरका अध्यक्ष उमा ताम्रकार, प्रमुख अतिथि निवर्तमान डिष्ट्रिक गभर्नर धिरज गुरुङ, प्रोटोकल चिफ लायन्स विपिन सुव्वा, समाजेवि सम्राट श्रेष्ठ, व्लड चिफ टंक गुरुङ लगायतले वितरण गरेका थिए ।

श्री मावि घोपा स्कुल २०२६ सालमा स्थापना भएको हो । हाल शिसु कक्षा देखि १० कक्षा सम्म अध्यपन भइरहेको छ । विद्यालयमा हाल २ सय ३४ जना विद्यार्थी रहेको छ । कार्यक्रममा विद्यालयका प्रधानध्यापक रवि भुजेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदन राई, लायन्स एकता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।