धरान: धरान उपमहानगरपालिका १८ नम्बर वडा कार्यालयले दलित महिला संजाल धरान नगर कमिटीलाई कार्यालय प्रयोजनका लागि सामग्रीहरु प्रदान गरेको छ ।

१८ नम्बर वडा कार्यालयले आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरि शुक्रबार सामग्री हस्तान्तरण गरेको हो । कार्यालयले करिव ४० हजार रुपैया बराबरको एक थान अफिस टेवल, एक थान स्टिल दाराज र कुर्सि एक थान प्रदान गरेको छ । कार्यक्रमका सभा अध्यक्ष १८ नम्बरका वडाका वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) ले संजालका अध्यक्ष सुनिता सेन्चुरीलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

      दलित महिला संजाल संस्था दलित महिलाहरुको हक, हितका लागि २०७५ सालमा स्थापना भएको सञ्जालकी सल्लाहकार शकुन्तला त्रिखत्रीले जानकारी दिइन् । संस्था स्थापना भएपनि संस्था संचालनका लागि कार्यालय कोठा नभएपछि धरान ११ स्थित आफ्नै घरको एक कोठा कार्यलय प्रयोजनका लागि प्रयोग गरिरहेको पनि उनले बताइन् ।

गत साल पनि १८ नम्बर वडा कार्यालयले नै कार्यालयको लागि कुर्सी प्रदान गरेको थियो । संजालमा धरान उपमहानगरपालिका भरिका दलित महिलाहरु आवद्ध रहेको उनले जानकारी दिइन् । सहयोग हस्तान्तरण कार्यक्रममा अग्रज पत्रकार एवं युवा नेता भिमज्वाला राई, धरान १८ नं वडा सदस्य जमुना त्रिखत्रि मोक्तान, दिलकुमारी राई, देवान चाम्लिङ, वडा सचिव धर्मराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।