धरान: चर्चित गायक नवराम राईको उपचारका लागि ९९ सय हजार ५ सय रुपैया सहयोग प्रदान गरिएको छ । 

धरान १८ रत्न चौक निवासी हाल हङकङ बस्दै आएका महाप्रसाद राईले उक्त रकम सहयोग गरेका हुन् । दाता महाप्रसादका कान्छा भाई सुनसरी फुटवल संघका अध्यक्ष नविन राईले गायक राईकै घरमा पुगेर उक्त रकम हस्तान्तरण गरेका छन् । महाप्रसाद राईले हङकङस्थित आफु काम गर्ने कम्पनी गेमन प्लान्ट डिपार्टमेन्टका सहकर्मीहरुसंग सहयोग संकलन गरेर पठाएको कान्छा भाइ नविन राईले जानकारी दिए । 

गायक नवराम हाल राई वडा ११ को रिटिङमा वस्दै आएका छन । राईको दुवै मृगौलामा समस्या देखिएको छ । उनी करिव दुई हप्ता विपि अस्पतालमा उपचार गराई भर्खरै डिस्चार्ज भएर घरमै आराम गरि रहेका छन । डाक्टरका अनुसार हप्तामा दुई पटक डायलासिस गर्न पर्ने भएको छ । राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको वताउछन ।

थप उपचारको लागि वाहिर लान परे पैसा नभएको उनले वताए । उनले सहयोगका लागि संचारमाध्यमवाट साथिभाई, इष्टमित्रहरुलाई आग्रह गरेका छन् । लामो समय संगीत क्षेत्रमा लागेका उनले करिव डेढ दर्जन गीत आफै गाइसकेका छन् भने केही गीतमा संगीत पनि भरेका छन् ।