धरान: धरान ८ तीनकुनेस्थित शनि मन्दिरमा फागुन ८ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ पुराण हुने भएको छ । 

आयोजक समितिले पत्रकार सम्मेलन गर्दे समाज, राष्ट्र र विश्वको कल्याण गर्न तथा संकट मोचिनी सङकट्टा भगवती, नवग्रहको मन्दिर निर्माण प्राण प्रतिष्ठा एव स्थापित देव देविहरुको उर्जा शक्ति प्रवर्द्धन गर्न ७ दिने पुराण गर्न लागेको जानकारी दिएको छ । फागुन २८ गते सोमबार शोभा कलश यात्रा र्‍यालीले धरान परिक्रमा हुनेछ।

शिवपुराण तथा मार्कण्डेय पुराणको पाठ एवम प्रवचन १००८ स्वामी महामण्डेश्वर नया बृन्दाबन गौशालाका पिठाधिश दिनबन्धु शास्त्रीले गर्ने पनि आयोजक समितिले जनाएको छ । यस्तै, प्रत्येक दिनको कथा प्रवचन स्वामी तुलसी भण्डारी, भवानी भट्टराई र बद्री निरौलाले गर्नेछन् । चैत ४ गतेसम्म आयोजना हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समिती २७ सदस्यीय  रहेको छ ।

धरानमा धार्मिक पर्यटन बढाउन राज्यको लगानी बिना धार्मिक संस्थाले पनि गर्न सक्छ भन्ने सन्देश प्रवाह गर्न पनि पुराण आयोजना गर्न लागेको संयोजक पितरुमल अग्रवालले जानकारी दिए । उनका अनुसार शनि मन्दिरलाई सौर्न्दर्यकरण गर्ने उद्देश्य पनि हो । शनि मन्दिर सञ्चालक समिती अध्यक्ष राजकुमार निरौलाले सकट मोचिनी सङकट्टा भगवती, नवग्रहको मन्दिर निर्माण कार्यमा रकम अभाव भएकोले पनि पुराण गरिएको बताए । तीनकुनेमा यात्रुलाई दिशापिसाव गर्ने ठाउँ नभएकाले भवनसँगै शौचालय निर्माण गर्ने लक्ष्य राखिएको प्रचारप्रसार संयोजक कोपिला भट्टराई बताईन् ।