धरान: धरान वडा नं २ स्थित शिक्षा निकेतन माविका पुर्वविद्यार्थीहरुले स्थापना गरेको पुर्वविद्यार्थी समाज नेपालको साधारणसभा, सम्मान, मित्रमिलनसँगै वनभोज कार्यक्रम सम्पन्न गरेको छ । 

समाजका अध्यक्ष रामस्वरुप शर्माको अध्यक्षता र सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पुर्वविद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो । अध्यक्ष शर्माका अनुसा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर का कार्यालय प्रमुख बिजय खनाल, आन्तरिक राजस्व विभाग काठमाडौंका निर्देशक पदम कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मी, महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक जिवनकुमार राई,उपप्राध्यापक डा. अस्मिता बिष्टलाई सम्मान गरिएको थियो ।

niketan2

यसैगरि, धरान १ न वडाका वडाअध्यक्ष यज्ञमणि आचार्य, ३ नम्बर वडाका वडा अध्यक्ष विद्या शाक्य, १४ न वडाका वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, १९ नम्बर वडाका वडा अध्यक्ष पुर्ण बहादुर लिम्बू, निजि तथा आवासीय विधालय अर्गनाइजेशन नेपाल का केन्द्रिय उपाध्यक्ष वासुदेव न्यौपाने र सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष बिजय श्रेष्ठ गरि ११ जनालाई प्रमुख अतिथि एवं सुनसरीका प्रजिअ आचार्यले माला, दोसल्ला तथा सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रमको विशेष अथिती सशस्त्र प्रहरी बल पकलीका सशस्त्र प्रहरी उपरीक्षक सामेनन्द बज्राचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उप अनुसन्धान निर्देशक तुलसी कट्टेल, शिक्षा निकेतन मावि ब्यवस्थापन समिति तथा २ नम्बर वडा अध्यक्ष रमेश कुमार राई, वीपी प्रतिष्ठानका पुर्व रेक्टर प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठलगायत अतिथिहरु सहभागी थिए । 

समाजका उपाध्यक्ष सन्तोष कार्की रहेको कार्यक्रमको सञ्चालन समाजका सचिव बिवेक अग्रवालले गरेका थिए । बन्द सत्रमा समाजका सचिवको प्रतिवेदन र कोषाध्यक्ष हिमा प्रधानले प्रतिवेदन पेश गरेपछि छलफल गरि सर्वसम्मतरुपले पारित भएको सचिव अग्रवालले जानकारी दिए । 

niketan3

niketan7

niketan6

niketan8

niketan9

niketan10

niketan11