धरान: कोशी प्रदेशसभाका तीन जना सदस्यहरुले धरानमा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

सुनसरी क्षेत्र नं १ (१) बाट निर्वाचित सांसद रमेश कुमार बस्नेत, क्षेत्र नं १ (२) बाट निवार्चित विजय राई र सामानुपातिक सांसद यशोदा कायस्थले संयुक्तरुपमा सम्पर्क कार्यालय खोलेका हुन् । शनिबार धरान ७ स्थित लिला श्रेष्ठ सुब्बा स्मृति प्रतिष्ठानको भवनमा तीनै जना सांसदहरुको संयुक्त सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो । 

उक्त कार्यालयको संविधानसभा सदस्य किरणकुमार राई, कृष्णकुमार राई,पुर्वसंघीय सांसद मीना सुब्बा र सांसदहरुले संयुक्तरुपमा रिबन काटेर गरेका थिए । आम जनतालाई भेटघाटका लागि सहज बनाउने उदेश्यले सम्पर्क कार्यालय खोलेको प्रदेश सासंद विजय राईले बताए । 

कार्यक्रममा बोल्दै दल भन्दा माथि उठेर जनप्रतिनिधिको भुमिकामा बढि सक्रिय हुनुपर्नेमा प्रदेश सासंद रमेश कुमारले जोड दिए । उनले चुनाव जिति सके पछि दलगत राजनीतिति भन्दा माथि उठेर जनप्रतिनिधि भएर काम गर्नुपर्ने उनको धारणा थियो । सबैको सहजताका लागि सम्पर्क कार्यालय खोलेको र जो पनि आएर विकासको बारेमा कुराकानी गर्न सकिने कुरामा सासंद बस्नेतले जोडदिए ।

lila

दलहरुको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले धरानमा परिस्थित फरक भएको धारणा राखे । उनले सामाजिक संजालमा लेखिएको शब्द हेर्दा धरानलाई आर्कै गति तिर लान्छ कि जस्तो लागेको भन्दै टिप्पणी पनि गरे । प्रतिनिधि सभाको चुनावका लागि इलाममा भईरहेको उपचुनावमा विधि, प्रकृयाको हेक्का नराखि मेयरले भोट मागिरहेको उनको टिप्पणी थियो । ूधरान नगरको प्रमुखले सासंदको मत मागि राख्दा कुन क्षेत्रको लागि कहाँ, कसरी र कुन विधि प्रकृयाबाट मत माग्ने हो भनेर हेक्का नराखेको उनको भनाई थियो । 

संविधान सभा सदस्य किरण राईले विगतमा आफुले पनि जनताको सहजताका लागि सम्पर्क कार्यालय खोलेको अनुभव सुनाउदै उद्घाटन गरिएको सम्पर्क कार्यालयमा केही आवश्यक सल्लाह पनि दिएका थिए । कार्यक्रममा पुर्वसांसद जय कुमार राई, मिना सुब्बा, प्रदेशका पुर्वसभामुख प्रदिप कुमार भण्डारी, पुर्वसांसद सावित्री जोशी श्रेष्ठ, उमिता बराइली, धरानका पुर्व नगर प्रमुख मनोज कुमार म्यान्ङ्बो, तिलक राईलगायतको पनि उपस्थिति रहेको थियो ।