धरान: ‘रक्तदान नै जिवन दान’ भन्ने मुल नाराका साथ जनता समाजवादी पार्टी (जसपा) वडा कार्यसमिती धरान १३ ले रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाको प्राविधिक सहयोगमा शनिबार फुस्रे चोकमा रक्तदान कार्यक्रम आयोजना भएको हो । उक्त रक्तदानमा ३५ पिण्ट रगत सकलन भएको जसपा वडा १३ कार्यसमितिका अध्यक्ष सन्त बहादुर लिम्बुले जानकारी दिए । पार्टीका नेता, कार्यकता तथा सुभेच्छुकहरुले रगत दान गरेको अध्यक्ष लिम्बुले बताए । 

कार्यक्रमको प्रुमख अतिथी धरान उपमहानगरपालिकाका नगर उपप्रमुख अइन्द्र विक्रम बेघा रहेका थिए । उनले रक्तदान गर्नु भनेको कसैको जिवन बचाउनु हो भन्दै पुन्यको काम भएको बताए । कायक्रममा जसपाका नगरअध्यक्ष ताजुव लिम्बुलगायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

blood1