धरान: धरान मन्टेश्वरी एकेडेमिको १९ औ वार्षिक उत्सव धरान १० स्थित सैनिक भवनमा सम्पन्न भएको छ । 

दुई दिने उत्सवमा पिजिदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुको कला, नृत्य तथा गीतहरु प्रस्तुती रहेको थियो । कार्यक्रममा बालबालिकाहरुको तेक्वान्दो खेलको प्रदर्शन पनि गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पोजेटिभ भाइब्रेसनका सिइओ पिताम्बर पौडेल, मन्टेश्वरीका निर्देशक दीपक अग्रवाल र प्रिन्सिपल माया राई अग्रवालले उत्सवको संयुक्त उद्घाटन गरेका थिए । 

पिजिदेखि युकेजीसम्मका विद्यार्थीहरुको प्रस्तुती र पुरस्कार वितरण कार्यक्रम २७ गते भएको थियो भने कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको प्रस्तुति र पुरस्कार वितरणको कार्यक्रम २८ गते भएको थियो । विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले बेस्ट मनिटर, वेस्ट हेण्डराईटिङ, वेस्ट एटेन्डेन्स, वेष्ट तेक्वान्दो, वेस्ट इम्प्रुभमेन्ट र वेष्ट स्टुटेण्डबाट कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

manteswori

बालशिक्षामा पढाई मात्र नभई समग्र विकासका लागि विभिन्न गतिविधिका माध्यमबाट पढाउने विधि मन्टेश्वरी रहेको जानकारी संचालक तथा प्रिन्सिपल माया राई अग्रवालले दिईन् । “केटाकेटीहरुलाई मनोरञ्जन गराउदै, खेलाउदै, फकाउदै पढाउछा्र्रै र मन्टेश्वरीको शिक्षाविधि पनि यहि हो,” प्रिन्सिपल अग्रवालले बताईन् । 

धरान मन्टेश्वरीमा १६५ जना विद्यार्थीहरु रहेका छन् । पूर्वमा पहिलो मन्टेश्वरी भएको दावी गर्दै अग्रवालले भनिन्, “हामीले पुर्वमा नै पहिलो पटक मन्टेश्वरी खोलेका हौ र पहिलो दिक्षान्त समारोह पनि गर्यौ र अहिले धेरे मन्टेश्वरीले दिक्षान्त समारोह गर्दै आएको छ ।”

mantes

धरान मन्टेश्वरी एकेडेमीमा पढाईका साथै नैतिक शिक्षा र बालबालिकाको आत्मरक्षाका लागि तेक्वान्दो खेल पनि स्कुलले खेलाउदै आएको छ।“अहिले बालबालिका माथि विभिन्न घटनाहरु भएको सुनिरहेकाछौ त्यसता घटनाबाट जोगाउन हामीले हाम्रो बालबालिकाहरुलाई आत्मरक्षाका लािग तायक्नदो खेल पनि सिकाई रहेकाछौं,”निर्देशक अग्रवालले भने ।

कार्यक्रममा बिशेष अतिथिहरु आइडियल बोर्डिङ स्कुलका सागर खड्का, इम्यानुअल स्कुलका डाइरेक्टर प्रभात राजवंशी, महिला सञ्जालकी पुर्वअध्यक्ष सविता राईलगायतले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।