धरान: धरान पोजेटिभ समुहले एचआइभी संक्रमित चार परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । 

धरान वडा नं १० को सहकार्यमा धरान पोजिटिभ समुहले करिव २५ हजार रुपैया बराबरको खाद्यान्न र जिविकापार्जनका लागि जनही नगद १० हजार बिउ पुँजीकोरुपमा प्रदान गरेको हो । सहयोग रकम र सहयोग सामग्री कार्यक्रमका प्रमुख अतिथि वडा १० का वडाध्यक्ष विवेक राई, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, राष्ट्रिय एचआइभि एड्स प्रदेश संयोजक रोमन राई लगायतले वितरण गरेका थिए । 

यसैगरि, धरान पोजिटिभ समुहले यही वैशाख २५ गते एचाआइभि एड्स तथा लागुऔषध सम्बन्धी सचेतनामुलक कार्यक्रमको आयोजना गर्न लागेको राष्ट्रिय एचआइभि महासंघ प्रदेश संयोजक रोमन राईले जानकारी दिए । सचेतना कार्यक्रम धरान १० न. वडा कार्यलयको सभाहलमा सम्पन्न हुनेछ। कार्यक्रममा वडाका टिएलओ अध्यक्ष, सचिव, स्वस्थ्यकर्मी, युवा क्लवका पदाधिकारी लगायतको सहभागिता रहने छ।

hiv1

वडा १० ले एचआइभि संक्रमितहरुको हक हितका लागि छुट्टयाइएको रकमबाट कार्यक्रमको आयोजना गरिएको धरान पोजिटिभ समुहका उपाध्यक्ष तारा क्षेत्रीले जानकारी गराउदै धरान १० न. वडालई धन्यवाद दिए । उक्त वडाले एचआइभि एड्स संक्रमित तथा प्रभावितहरुको हकहितका लागि एक लाख रुपैया विनियोजन गरेको थियो । एचआइभि संक्रमित तथा प्रभावितहरुको हकहितका लागि वडाले नियमित रुपमा वजेट विनियोजन गरिरहेको वडाध्यक्ष विवेक राईले बताए ।