धरानः नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति महासंघ, क्षेत्र नं. १, सुनसरीको सभापतिमा दिनेश राई सर्वसम्मत निर्वाचित भएका छन् । 

नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरानमा भएको महासंघको प्रथम अधिवेशनवाट उनी सर्वसम्मत निर्वाचित भएका हुन् । उनीसंगै अन्य पदाधिकारी, सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत सर्वसम्मत निर्वाचित भएका छन् । 

उपसभापतिद्धयमा इन्दु राजधामी र सन्तोष राई, सचिवद्धयमा सरिता मोक्तान र उज्ज्वल हलवाई, सहसचिवद्धयमा रामबहादुर श्रेष्ठ र रिजन तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा गीता श्रेष्ठ, दिपेश राई, रतन गुरुङ, सगुन लिम्वु, पुकार तामाङ, मोहित राई, दिलकुष्ण तामाङ, धनमाया लिम्वु, संगिता सुनुवार लिम्वु र निर्मला राई रहेका छन् । 

अधिवेशनले सर्वसम्मत रुपमा केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत निर्वाचित गरेको छ । निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु तिलकबहादुर सुनुवार, राजदीप लामा, राजकुमार भुजेल, मन्जिल कसजु, रमिना सुब्बा र रमिता श्रेष्ठ रहेका छन् ।

congress

निर्वाचित सबैलाई मतदान अधिकृत इन्द्रमोहन झाले सपथ ग्रहण गराउनुका साथै प्रमाण–पत्र प्रदान गरेका थिए भने प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, पूर्व कोशी प्रदेश प्रमुख डा. गोविन्द सुब्बा र क्षेत्रीय सभापति सुजेन्द्र तामाङले रुद्राक्षको माला र अविर लगाई बधाई तथा शुभकामना दिएका थिए ।

क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले सञ्चालन गरेको अधिवेशनलाई नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापा, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका जिल्ला सभापति तिलकबहादुर सुनुवार लगायतले मन्तव्य राखेका थिए । 

नवनिर्वाचित सभापति राईले आफुप्रतिको विश्वासमा आँच आउने कुनैपनि गतिविधि नगरी पार्टीको आदर्शवाट अविचलित रहने बताए । साथै, समग्र आदिवासी जनजाति समुदायलाई पार्टीसंग जोड्दै समुदायको हकहीतका लागि प्रतिवद्ध भई कार्य गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।