धरान: जनता समाजवादी पार्टी (जसपा) नेपालको लिम्बुवान राष्ट्रिय समितिले उपेन्द्र यादव र अशोक राई दुवै नेतृत्वको पार्टीमा नरही पहिचानवादी मोर्चामा आवद्ध भएको घोषणा गरेको छ । 

यादव अध्यक्ष रहेको जसपा नेपाल पार्टी विभाजन गरेर अशोक राईको अध्यक्षतामा जसपा गठन भएको थियो । पार्टी विभाजन भएपछि असन्तुष्ट बनेका तेस्रो धारका पहिचानवादी नेताहरुले मोर्चा बनाएका छन् । उक्त मोर्चाको संयोजक प्रा.डा.महेन्द्र लावती छन् । मोर्चाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिले नै पहिचानवादी मोर्चामा आवद्ध हुने घोषणा भएको हो । 

लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावतीले समिति नै मोर्चामा आवद्ध हुने घोषणा गर्दै पहिचानवादी पक्षधरहहरुलाई एकतावद्ध गर्दै भविष्यमा पहिचानवादीहरुको राजनीतिक शक्तिकोरुपमा पार्टी निर्माण गर्दै अघि बढ्ने पनि बताए । पार्टी निर्माण पछि पनि मोर्चा जारी रहने बताएका छन् । 

मोर्चाले केन्द्रीय संयोजक प्रा.डा.लावतीले भ्रष्टचारविरुद्ध र नेपाललाई बहुजातीय राज्य बनाउन आन्दोलनको नेतृत्व लिने बताए । उनले नेपाल एकल जातीय राज्य भएकोले सबै नेपालीको पहिचानको सम्मान गर्ने बहुजातीय राज्य बनाउनुपर्ने पनि बताए । 

भिडियोः