धरान: अनेरास्ववियू (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिको १३ औं इकाई सम्मेलन सम्पन्न भएको छ । 

उक्त सम्मेलनले विपिन लिम्बुको अध्यक्षतामा २९ सदस्यीय इकाई समिति सर्वसम्मत चयन गरेको १३ औं इकाई सम्मेलन संयोजक बेञ्जामिन थापाले जानकारी दिएका छन् । नवनिवार्चित इकाई समितिको उपाध्यक्षमा बिक्रम परियार, तेज बहादुर राई, यमुना महत, अलोन खड्का र विवेक पाण्डे छन् भने सचिवमा स्वतिकला राई र सहसचिवमा प्रताप तामाङ, शिशिर खत्री र कञ्चन ल्वागुन रहेका छन् । यसैगरि, कोषाध्यक्षमा सजिना राई पनि सर्वसम्मत चयन भएकी छिन् । अन्य १८ जना सदस्यहरु पनि सर्वसम्मत चुनिएका छन् ।

akhil k

इकाई अधिवेशन नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र) प्रदेश समितिका सचिवालय सदस्य तथा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।  अधिवेशनमा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सचिव तथा प्रदेश उपाध्यक्ष खेम रनपहेली, पार्टीका नगर अध्यक्ष मनोज भट्टराई, संगठनका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज बुद्रोस लिम्बूको विशेष आतिथि रहेका थिए । यस्तै, संगठनका प्रदेश सचिवालय सदस्य अर्जुन पौडेल, सुनसरी जिल्ला अध्यक्ष नविन दाहाल, उपाध्यक्ष याम पाण्डे र  सचिव रविन श्रेष्ठ पनि अतिथिकोरुपमा सहभागी थिए । 

akhil3