धरान: धरान १६ नौलो वस्तीमा एक वालिकामाथी यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
चौतर्फी दबाबसङ्गै जाहेरी परेपछि इलाका प्रहरी कार्यालय धरानले आरोपित व्यक्तिलाई आज साझ पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयका प्रमुख एवम् डिएसपी प्रकाश जबेगुले आरोपित पक्राउ गरेको पुष्टि गरे । उनले नाम खुलाउन भने चाहेनन् । यद्यपी, भोलि शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जबेगुले बताए ।
स्रोतका अनुसार पक्राउ पर्ने धरान १७ निवासी खगेन्द्र राई रहेका छन् । बिहिवार नै बाल संजाल धरानले पक्राउ गर्न माग गर्दै इलाका प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयमा ध्यानाकर्षण पत्र पठाएको थियो । साथै पीडित वालिका र आमा आफै इलाका प्रहरीमा पुगेर जाहेरी दिएका थिए ।
*यसअघिको शीर्षकमा संशोधन गरिएको ।