धरान: विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको पहिलो दिन प्रभात स्कुल, आइडल स्कुल, कार्मेल र हिमशिखर स्कुल तरहरा विजयी भएको छ ।
धरान १८ स्थित डिपो माविको बास्केटवल कोर्टमा आयोजित उद्घाटन खेलमा प्रभात स्कुलले तेस्रो संस्करणका विजेता सियोन स्कुललाई ३०–२५ अंकको अन्तरले पराजित गरेको थियो । प्रतिस्पर्धात्मक खेलको पहिलो क्वार्टरमा प्रभात ११–९ स्कोर गर्दै अघि रहेको थियो । दोस्रो क्वाटरमा सियोन स्कुलले ९–७ अंकले अग्रता लिदा मध्यान्तरसम्म दुवै स्कुलले समान १८–१८ अंक जोडका थिए । तेस्रो र चौथो क्वाटरमा भने प्रभात स्कुलले ६–३ र ६–४ स्कोरले अग्रता बनाउदै साविक विजेता सियोनको चुनौती पन्छायो ।
प्रभातले प्रतियोगितामा निरन्तरता दिदा सियोन भने पहिलो चरणबाट नै बाहिरिएको छ । उक्त खेलको म्यान अफ द म्याच सियोन स्कुलका खानुहाङ राई घोषित भए । उनलाई आयोजक डिपो स्कुलका व्यवस्थापन समिति सदस्य सुर्य पन्धाक लिम्बूले ट्रफि प्रदान गरेका थिए । तेस्रो संस्करणमा सियोनले प्रभात स्कुललाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो ।
यस्तै, बिहिबार नै भएको खेलमा आइडल स्कुलले दिल्ली पब्लिक स्कुललाइ २६–१०, कार्मेल स्कुलले ब्राइट फ्युचर स्कुल मोरङलाई ५०–९ र हिमशिखर स्कुल तरहराले माउण्ट हर्मन स्कुललाई ४०–१३ अंकको अन्तरले पराजित गरेको छ। खेलमा आइडल स्कुलका किरण पौडेल, काम्रेल स्कुलका प्रत्युस भुजेल र हिमशिखर स्कुलका नियोन राई म्यान अफ द म्याच घोषित भए । उनीहरुलाई प्रतियोगिताका संयोजक खड्क शमसेर लिम्वु, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी र सुनसरी फुटवल संघका अध्यक्ष नविन राईले ट्रफि प्रदान गरेका थिए ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद विजयकुमार राई र सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्वुले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरेर गरेका थिए। कार्यक्रममा सभाध्यक्ष लिम्बूले प्रतियोगिताको आयोजनाको उद्देश्यबारे प्रकास पारेका थिए । उनले विद्यालयका पुर्वअध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुले विद्यालयमा पुर्याएका योगदान वारे चर्चा गरेका थिए ।
प्रतियोगितामा आयोजक टिमसहित इस्ट होराइजन वोर्डिङ्ग स्कुल झापा, ग्रीनफिल्ड वल्र्ड स्कुल झापा, लिटल फ्लावर स्कुल झापा, हिमशिखर स्कुल तरहरा, पुर्वाञ्चल वोर्डिङ्ग स्कुल तरहरा, प्यारडाइस वोर्डिङ्ग स्कुल तरहरा, माउण्ट हर्मन स्कुल, काम्रेल स्कुल, व्राइट फ्युचर स्कुल मोरङ, समिट स्कुल, सुनाखरी स्कुल, युनाइटेड गोर्खा स्कुल, दिल्लि पव्लिक स्कुल, आइडल स्कुल, प्रभात स्कुल, सियोन स्कुल र धरान मेघा हिमालयन स्कुल गरि १८ टिमले सहभागिता जनाएको छ । प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउनेछन् ।प्रतियोगिताका विजेता टिमले नगद २० हजार रुपैया, उपविजेताले नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि, हाइ स्कोर र प्रत्येक खेलको म्यान अफ द म्याच उपाधि विजेताले ट्रफि र मेडल प्राप्त गर्ने आयोजक डिपो स्कुलका प्राचार्य राजकुमार राईले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई अग्रज पत्रकार एवं लेखक जनकऋषि राईले खेलाडिलाई प्रोत्साहन गर्नका लागि आफ्नो तर्फबाट नगद एक हजार रुपैया र सांस्कृतिक अधिकार अर्वाड २०८२ वाट पुरस्किृत “गोरु चिन्तन” पुस्तक प्रदान गर्ने घोषण गरेको छ ।
तस्विरः विकास चाम्लिङ राई