धरान:  नाग पञ्चमीको दिन धरानको वडा नं २ स्थित सिंहदेवी मन्दिरबाट विधिवतरुपमा शुरु गरिएको लाखे नाचको हिजो आइतबार नवमीमा विविधतरुपमा नै विर्सजन गरिएको छ । 

कृष्ण जन्माष्टमीको भोलीपल्ट अर्थात नवमीको दिन लाखेलाई कृष्णमन्दिरमा विर्सजन गर्ने परम्परा रहीआएको छ । लाखे विर्सजनलाई भगवान् कृष्ण जन्मिएपछि कंशको वध भएको अर्थमा पनि लिने गरिन्छ । धरानमा वडा २ स्थित गीता मन्दिर र वडा नं ३ स्थित कृष्ण मन्दिरमा हिजो (आइतबार) राती लाखेको विविधत विर्सजन गरिएको थियो । 

कृष्ण जन्माष्टमीको भोलीपल्ट नवमीमा कृष्ण रथ यात्रा आयोजना हुन्छ । उक्त रथ यात्राको बेला पनि लाखेहरुले कृष्णको रथलाई रोक्ने, छेक्ने गरेर कृष्ण र कंश (दानव)को लडाई भएको प्रतिकात्मकरुपमा प्रर्दशन गर्छन् । यो बर्षदेखि वडा नं ३ को आयोजनामा तीन दिने चन्द्रपुर जात्रा कार्यक्रम आयोजना भएको थियो । कृष्ण रथ यात्रा र लाखे विर्सजनसँगै चन्द्रपुर जात्रा पनि समापन भएको जात्रा संयोजक अनिल मास्केले जानकारी दिए ।

krishna rath yaatra2 copy

राणा प्रधानमन्त्री चन्द्र शम्सेरले सहर बसाउन विस १९५८ सालतिर जंगल फडानी गर्न लगाएर आधुनिक धरान सहरको जग बसाएको ठाउँ नै चन्द्रपुर हो । हाल यो ठाउँ वडा नं ३ मा पर्छ । धरानमा नेवाः सँस्कृतिको उद्गम थलो पनि यही नै हो । त्यसैले उक्त ठाउँको ऐतिहासिक तथा साँस्कृतिक महत्व एवं पहिचानलाई थप उजागर गर्ने उद्देश्यले वडा नं ३ यो यो बर्षदेखि चन्द्रपुर जात्रा कार्यक्रम शुरुवात गरेको हो । 

कसरी हुन्छ लाखेको विर्सजन ?

lakhe bisarjan copy

चन्द्रपुर जात्रा समितिका महासचिव अमृत श्रेष्ठका अनुसार नाग पञ्चमीमा विधिवतरुपमा लाखे शुरु गर्दा चामलको पोकोलाई शिरमा राखिएको हुन्छ । विधिपुर्वक पुजा गरेर चामल, अक्षताको पोको लाखेको शिरमा राखिएको हुन्छ, जसलाई जाकिपो भनिन्छ । 

‘शुरुमा नाग पञ्चमीको दिन नासादेवलाई पुजेर जाकिपो शिरमा लगाएर लाखे नाच शुरु हुनछ, त्यही जाकिपोलाई नवमीमा विर्सजन गछौं, र त्यसैलाई लाखे विर्सजन भनिन्छ,’ महासचिव श्रेष्ठले भने,‘विर्सजन गरेपश्चात त्यही जाकिपोलाई भोलीपल्ट नदीनालामा गएर क्षमायाचना गरेर सेलाउने काम गछौं ।’

amrit shrestha copy

महासचिव श्रेष्ठका अनुसार शक्ति प्रदान होस् भन्ने कामना गरेर विधिपुर्वक जाकिपो लाखेको शिरमा राखिएको हुन्छ । करिब ३०, ४० किलोको कपडा, चमर, मुकुट लगाएर नाच्न जो कोहीलाई गाह्रो हुन्छ । ‘त्यही भएर नासा देवलाई चामल, अक्षता पूजेर हामी राक्षसीरुपमा अवतरण गर्यौ, हामीलाई नाच्न उर्जा मिलोस् भनेर जाकिपो शिरमा राखेर नाच्छौं,’ उनले भने ।

उनका अनुसार लाखेलाई न दानव न मानव पनि भन्ने गरिन्छ । शुरुमा दानवकोरुपमा लाखेलाई हेरिन्थ्यो । ‘परापुर्वकालमा लाखेको राक्षसीरुप भएपछि बुद्ध भगवान र हिन्दुहरुले शान्त पार्न विधि अपनाएर नगरको रक्षककोरुपमा पनि हेरिन थालियो,’ उनले भने,‘अहिले मौलिक चाडपर्व र सँस्कृति भएको छ ।’

भिडियो:

भिडियो: