धरान: सुनसरी उद्योग वाणिज्य संघले पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई संस्थागत विकास तालिमको आयोजना गरेको छ । 

संघका पदाधिकारीहरुको काम, कर्तव्य अधिकार, संस्थाको भावी योजनाका साथै संस्थागत आचरणका र स्थानीय तहका राजस्व सम्बन्धी तालिम दिएको हो । प्रशिक्षक मोहन श्रेष्ठ र धरान उपमानगरपालिकाका राजस्व प्रशासनका प्रमुख खगेन्द्र खतिवडाले तालिममा सहजीकरण गरेका थिए। 

संघले नर्या मार्गनिर्देशन, संस्थाको भावी योजना र असल बैठक सञ्चालन सम्बन्धमा तालिमको आयोजना गरिएको संघका अध्यक्ष गोपाल श्रेष्ठले बताए । “हामीले स्थानीय तहको राजस्वका विषयमा छलफलका साथै संस्थाको विकास र असल बैठक सम्बन्धमा प्रशिक्षण लिएका थियौं,” अध्यक्ष श्रेष्ठले भने । 

ubasangh1

भेडेटारको होटल लाली बसाहामा आयोजित उक्त तालिमका संयोजक संघका प्रचार तथा संगठन सचिब विष्णु बराल रहेका थिए । तालिममा सहभागी नवमनोनित सदस्य सबिता राईले यस्ता प्रशिक्षणले कार्यसमितिका सदस्य र पदाधिकारीहरुलाई उर्जा मिल्ने तथा एकता र कार्यदक्षतामा वृद्धि हुने बताएकी थिइन् । 

मनोनित सदस्यलाई सपथ ग्रहण

सुनसरी उद्योग वाणिज्य संघको सञ्चालक समितिबाट र अध्यक्षद्वारा मनोनित सदस्यहरुलाई सोही तालिमको समुद्घाटन समारोहमा सपथ ग्रहण गराईएको थियो । सपथ ग्रहण पश्चात् समापन समारोहमा मनोनित कार्यसमिति सदस्य र पदाधिकारीहरुलाई अध्यक्ष श्रेष्ठले प्रमाण–पत्र समेत वितरण गरेका थिए ।