धरान: राष्ट्रिय झण्डा दिवसको अवसरमा आज (मंगलबार) बिहान धरानमा प्रभातफेरि, सांगीतिक कार्यक्रम तथा सम्मान कार्यक्रम भएको छ । 

शाक्यमुनि युवा समुहको आयोजनामा धरान उपमहानगरपालिका गेटबाट भानुचोक स्थित लोकतान्त्रिक चौतारी ट्याक्सी स्टेण्डसम्म प्रभातफेरि भएको थियो । लोकतान्त्रिक चौतारीमा सांगीतिक तथा सम्मान कार्यक्रम भएको थियो ।

नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले राष्ट्रिय झण्डाको महत्व बुझाउन र यसको गलतरुपमा प्रयोग बढ्दो भएकोले सबैलाई सचेत गराउन झण्डा दिवस मनाइएको बताए । संयुक्त राष्ट्र संघबाट आजैको दिनमा नेपालको राष्ट्रिय झण्डाले मान्यता पाएको प्रसंग उल्लेख गर्दै उनले विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने धरानका बिशिष्ट व्यक्तिहरुलाई पनि सम्मान गरिएको बताए ।

jhanda diwas7

उक्त कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ, समाजसेवी सरला कायस्थ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवं वरिष्ठ वैज्ञानिक डाक्टर प्रा.डा.सञ्जिव शर्मा, नेपाल सरकारका उपसचिव लोकमान श्रेष्ठ, गायक सुमित खड्का, नेपाली सेनाका पुर्व सहायक रथी शशिकिरण रायमाझी, श्रीलंकामा काँस्य पदक विजेता राष्ट्रिय बक्सिङ खेलाडी सिंहविर लिम्बूलाई सम्मान गरिएको थियो । खेलाडी लिम्बूलाई प्रोत्साहन स्वरुप नगद राशी पनि दिइएको आयोजकले जनाएको छ।  साथै, भानुचोकमा राष्ट्रिय झण्डोत्तलन पनि गरिएको थियो । 

भिडियो:

कार्यक्रममा वडा २ का अध्यक्ष रमेश राईले राष्ट्र र राष्ट्रिय झण्डाप्रति युवा पुस्तालाई बुझाउन पनि झण्डा दिवसलाई अझ व्यापकरुपमा मनाउनुपर्ने धारणा राखे । कार्यक्रममा राष्ट्रिय गायक सुमित खड्काले २ वटा गीत प्रस्तुत गरेका थिए । उनलाई र वरिष्ठ गायक दीप श्रेष्ठलाई आयोजकले अवार्डमार्फत सम्मान पनि गरेको थियो । आयोजक शाक्यमुनि युवा समुहका अध्यक्ष विकास गुभाजुले सहभागीहरुलाई धन्यवाद दिएका थिए । 

jhanda diwas8

jhanda diwas9

jhanda diwas3

jhanda diwas2

jhanda diwas1

jhanda diwas5

jhanda diwas6

jhanda diwas4

jhanda diwas11

jhanda diwas12

jhanda diwas13