धरान: धरान उपमहानगरपालिकाले पौषे औशीको अवसरमा शुक्रबार स्थानीय विदा दिएको छ । 

मंगलबार बसेको नगर कार्यपालिका बैठकले उक्त दिने स्थानीय विदा दिने निर्णय गरेको हो । पुष ४ गते धरान वडा नं २० स्थित विष्णुपादुका मन्दिरमा पितृ उद्दारका लागि पौषे औंशीका दिन धार्मिक मेला लाग्छ । उक्त दिन स्थानीय विदा दिने एजेण्डा कार्यपालिका बैठकले पारित गरेको थियो । 

उक्त निर्णयबारे नगर प्रमुख हर्कराज राईले बुधबार सुचना जारी गर्दै नगरपालिकाको कार्यालय, मातहतको वडा कार्यालयहरु, स्वास्थ्य संस्था/कार्यालयहरु (अत्यावश्यक सेवाबाहेक) स्थानीय विदा दिइएको उल्लेख गरेका छन् । साथै, धरानस्थित शैक्षिक संस्थाहरुमा समेत स्थानीय विदा दिइएको खुलाउदै सुचनामा भनिएको छ, 'यसबाट सेवाग्राहीमा पर्नजाने असुविधा प्रति उपमहानगरपालिका क्षमाप्राथी छ।'