धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ अन्तर्गत धरान उपमहानगरपालिकाको सबै (२०) वटै वडाको मतगणना सकेर बराहक्षेत्रको पनि गणना शुरु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरानको २० वटै वडा र बराहक्षेत्र १ को गणना सकिदा श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ)ले १४ हजार ३३९ मतको अग्रता लिएका छन् । सहायक निर्वाचन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार खसेको मतमध्ये ६५७५६ गणना हुँदा ६२८०४ मत सदर भएको र २९५२ मत वदर भएको छ ।
गणना भएको मतमध्ये माटोलाई ३१२४७ मत खसेको छ भने घण्टीलाई १६९०८ मत खसेको छ । यस्तै, ताराले ५३१६, सुर्यले ४०१८, रुखले २७२९ र हलोले १००१ मत पाएको पनि निर्वाचन अधिकृतले जनाएको छ ।
भिडियो:


