धरान: धरान ११ स्वास्तिका चोक लुप बाटोस्थित सुनसरी टेक्निकल कलेज अगाडि राजु साहको घरबाट सुनचादीको गहना र नगद चोरीमा संलग्न तीन जना पक्राउ परेका छन् । चोरीमा संलग्न एक जना अझै फरार छन् ।

आज (आइतबार) बिहान करिब सवा तीन बजेदेखि ४ बजेको समयमा राजु साहको घरको माथिल्लो तलमा उनका भाई पप्पुको कोठाबाट चोरी भएको थियो । पप्पु र उनको परिवार कोठामा नभएको मौकामा चार जनाको समुहले ताला फुटएर चोरी गरेको थियो । 

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक विनालाल साहको कमाण्डमा अनुसन्धान र खोजी कार्य प्ररम्भ गरेको थियो । त्यसक्रममा प्रहरी घटनास्थलको मुचुल्का, छरछिमेकीसँग जानकारी लिनुका साथै सिसिटिभी फुटेजहरुको पनि अध्ययन गरेको थियो । सिसिटिभीमा चोरी भएको घरको आसपासमा एक युवती र तीन युवा शंकास्पद गतिविधिहरु देखिएको थियो । 

अनुसन्धान शुरु गरेको करिब चार घण्टा समय अवधिमै प्रहरीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा धरान ३ का २३ बर्षीय सुमित बराइली, उनकी श्रीमति २१ बर्षीय सम्झना बराइली र धरान ९ का १६ बर्षीय मनिष बिक रहेका छन् । अर्का एक जना भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणबाबु राईले जानकारी दिए । 

chori1dharan 11

प्रहरीका अनुसार साहको घरबाट १० तोल सुन र ४ लाख नगदसहित ३० लाख बराबरको चोरी भएको प्रारम्भिक जानकारी भएको थियो । पक्राउ परेकाहरुबाट ६÷७ तोला जति सुनचादीको गहना वरामद भएको तर जोखेर यकिन गर्न बाँकी रहेको पनि डिएसपी राईले जानकारी दिए । पक्राउ परेकाहरु अनुभवी र पटके देखिएकोले धरानमा भइरहेका अन्य चोरीको घटनाहरुमा पनि संलग्न भएको हुनसक्ने भएकोले विस्तृतरुपमा अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । 

प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट नगद ४४ हजार ४६३ रुपैया, चाँदीको पाउजु ३ जोर, खुट्टामा लगाउने बिछु ५ थान, वाला १ जोर, हातमा लगाउने पञ्जा १ जोर, बुनिया चाँदी ३ प्याकेट र सुनको गहना न्याक्लेस हार १ थान, सिक्रि लकेटसहित १ थान, मंगलसुत्र १ थान, कानमा लगाउने झुम्का १ जोर, टप १ जोर, ठोसा १ थान, औठी १ थान, सुनको सिका १ थान फेला परेको छ । “अहिले ६,७ तोला जति गहनाहरु वरामद भएको छ, तर जोख्न बाँकी छ । एक जना भारततर्फ फरार भएपनि हामी चाडै पक्राउ गछौ”–डिएसपी राईले भने ।

भिडियोः