विराटनगरः प्रदेश एक सरकारले कोरोना भाइसर संक्रमण हुन नदिन प्रदेशका सबै नाकामा विशेष सतर्कता अपनाएको जानकारी दिएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज(बुधबार) संसदको पाँचौ तथा हिउँदे अधिवेशनमा बोल्दै छिमेकी मुलुक चिन तथा भारत तर्फका नाकामा विशेष सतर्कता अपनाइएको जानकारी दिए । संखुवासभा तथा ताप्लेजुङका चिनिया भुभाग तर्फका नाका पुुर्णरुपमा बन्द भएको र विराटनगर काकडभिट्टा एवंम भारतसँग जोडिएका प्रदेश एकका अन्य छोटी भन्सारमा सरकारले विशेष सुरक्षाको प्रबन्ध गरेको मन्त्री घिमिरले जानकारी दिएका छन् ।

सरकारले भारतसँग समन्वय गर्नका लागि सीमा जोडिएका प्रमुख जिल्ला अधिकारीमार्फत सहजिकरणको थालनी गरेको छ । प्रदेश एक भित्र रहेका विभिन्न ठाउँका ६ अस्पतालका १८ वेडलाई विशेष आइसोलेटेड बेडको रुपमा विकास गरिएको छ । कोहि कोरोना संक्रमणको आशंका भएमा विशेष सुरक्षामार्फत जाँच गराउने सरकारको तयारी रहेको छ ।

वीपी प्रतिष्ठानमा आइसियु थप्न सरकारले सहयोग गर्ने

मन्त्री घिमिरेले संसदमा उठेका विषयलाई जवाफ दिने क्रममा धरानको विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको आइसीयू वेड क्षमता विस्तार गर्नेबारे सांसद सावित्री श्रेष्ठले उठाएको कुरालाई सकारात्मक भएको टिप्पणी गरेका छन् । उनले डेंगुु रोग फैलिरहेको बेला समेत विपी प्रतिष्ठानमा दुुइ आइसियू बेड थप्न प्रदेश एक सरकारले तत्काल सहयोग गरेको भन्दै प्रदेशकै गौरवको स्वास्थ्य संस्था भएको हुँदा त्यसको विकास र विस्तारमा प्रदेश एक सरकारले क्षमता अनुसारका सहयोग गर्ने जानकारी दिए ।

त्यस्तै, धरान र इटहरीको फोहोर व्यवस्थित नभएको भन्ने प्रदेश सदस्य कुसुम कुमारी श्रेष्ठको गुनासोलाई सरकारले गम्भिरतापूर्वक छलछफल गरिरहेको र कानुनु बनाएरै व्यवस्थित बनाउने सोचमा रहेको बताए । उनले फोहार व्यवस्थापनको जिम्मा स्थानीय सरकारको रहेको भन्दै तल्लो तहलाई कसरी जिम्मेवारी बनाउने र सरकारले के संमन्वय गर्ने भन्ने बारे कानुनमा स्पष्ट राखिने जानकारी दिए । यसैबीच, आजको संसद बैठकमा जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पेश भएको छ ।