धरान: धरान सफा र सुन्दर सहरकोरुपमा चिनिन्छ । तर, यही सफा सहरको फोहोर कहाँ व्यवस्थापन हुन्छ भनेर खोजी गर्ने हो भने अध्याँरो पाटो पनि निस्किन्छ ।

दैनिकरुपमा उपमहानगरपालिकाले संकलन गर्ने फोहोर सेउती खोला किनारको वनक्षेत्रमा फाल्ने त सबैलाई विदितै छ । यसबारे पनि चर्को आलोचना भइरहेको छ । त्यति मात्र होइन, धरानको तीनकुनेदेखि दक्षिण कोशी राजमार्गको सडक किनारमा पनि फोहोरको डंगुर रहेछ । आज बिहान धरान ख्रिष्टियन समाजको आयोजनामा भएको वृहत सरसफाई कार्यक्रमको क्रममा यो सडक खण्डमा २ हजार किलोभन्दा बढी फोहोर संकलन भयो ।

IMG_9437.psd

सफाई अभियन्ताहरुका अनुसार सडक किनारको जंगल क्षेत्रमा प्लाष्टिकमा पोको पारेको थुप्रै खालको फोहोरहरु फालेको अवस्थामा भेटिएको थियो । ती फोहोरको पोकोहरु कुनैमा सिरिञ्ज, कुनैमा रक्सीको वोतल र कुनैमा खसी, कुखुराको रौंहरु भेटिएको थियो । ‘रक्सीको बोतल भरिएको १० वटा जति बोराको थाक थियो, यो त पक्कै होटल रेष्टुरेष्टबाटै फालेको हो । सिरिञ्जहरुको पोको मेडिकलबाट फालेको हो,’धरान ख्रिष्चियन आमा दिदी बहिनी संगतिकी अध्यक्ष अम्बिका बस्नेतले भनिन् ।
महिला सञ्जालकी अध्यक्ष सविता राईले पनि धरान प्रवेश गर्ने क्षेत्रमा २ हजार किलो फोहोरको डंगुर गाडीको यात्रुहरुले मात्र फालेको नभएर धरानको विभिन्न होटल, मेडिकल, मासु व्यवसायको फोहोर भेटिएका बताइन् । आफ्नो घर, आँगन र सहर सफा गरेपनि वनक्षेत्रमा जथाभावी फोहोर फालेको प्रति उपमहानगरले ध्यान दिनुपर्ने उनले बताइन् । ‘बसबाट यात्रुले फोहोर बाहिर फाल्न नदिन बसभित्रै डस्टविन राख्न लगाउनुपर्छ । नराखेमा र बाहिर फाल्दा जरिवाना तिराउने व्यवस्था गर्नुपर्छ,’उनले भनिन्,‘नगरक्षेत्र, जंगल र खहरे खोला क्षेत्रमा जथाभावी फोहोर फाल्न नदिन अनुगमन टिम बनाएर परिचालन गर्नुपर्छ । टोल विकास संस्थाहरु छन्, तिनलाई परिचालन गर्दा उचित हुन्छ ।’

IMG_9410.psd

आयोजक धरान ख्रिष्चियन समाजका केन्द्रीय सचिव कुबेर गुरुङले धरानलाई स्वच्छ र स्वस्थ्य बनाउने उद्देश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको हो । उनले सहयोगी सबै संस्थाहरुलाई धन्यवाद दिदै साथसहयोग भएमा निरन्तरता दिने पनि बताए । ‘हामीले नै गर्नुपर्छ भन्ने छैन । अन्य संघसंस्थाहरुले आयोजना गर्नुहुन्छ भने पनि हामी सहकार्य गर्न तयार छौं,’उनले भने । सरसफाई अभियान तीनकुनेदेखि धरान र इटहरीको सिमाना पानीपियासम्म भएको थियो । मेयर तिलक राईको नेतृत्वमा पानीपियादेखि उत्तर धरानतर्फ एक टोलीले फोहोर संकलन गरेको थियो भने उपमेयरको नेतृत्वमा तीनकुनेदेखि दक्षिणतर्फ एक टोलीले फोहोर संकलन गरेको थियो ।

IMG_9428.psd IMG_9395.psd IMG_9400.psd IMG_9406.psd IMG_9422.psd IMG_9430.psd IMG_9431.psd IMG_9434.psd IMG_9432.psd IMG_9436.psd IMG_9447.psd IMG_9463.psd IMG_9467.psd IMG_9456.psd IMG_9450.psd IMG_9440.psd IMG_9455.psd IMG_9468.psd IMG_9442.psd