नेपालमा कोरोनाभाइरस अब दोस्रो चरणमा प्रवेश गरेको छ:

कोरोना संक्रमणका चार चरणहरु –

१.पहिलो चरण :-
यो चरण बोर्डर पारीबाट आउने संक्रमण को चरण हो । अर्थात् संक्रमण फैलिएका मुलुकबाट फर्किएका मानिसबाट भाइरस भित्रिएर आएको अवस्था हो । नेपालमा अहिले सम्म ६ जनालाई संक्रमण देखिएको थियो जो सबै विदेशबाट फर्किएका थिए । त्यसैले हिजोसम्म हामी संक्रमणको पहिलो चरणमा थियौँ ।

२.दोस्रो चरण:-
यो चरणमा भाइरसको संक्रमण स्थानीय तहमा सर्न थाल्छ । विदेशबाट आएका मानिसमा भएको संक्रमण स्थानीय मानिसमा देखिने चरण नै दोस्रो चरण हो । आज विदेशबाट आएका एक नेपालीबाट उनको परिवारको एक सदस्यमा सक्रमण देखिएपछि नेपाल औपचारिक रुपमा दोस्रो चरणमा प्रवेश गरेको मान्नु पर्ने हुन्छ ।

३.तेस्रो चरण:-
यो चरण आफ्नै देश भित्रका संक्रमितहरु बाट सामुदायमा अरु-अरुलाई संक्रमण सुरुहने चरण हो । यो चरणमा संक्रमित व्यक्तिसँगको सिधा सम्पर्क बिना पनि विभिन्न साधनहरु बाट भाइरस सर्न थाल्छ । यो सामुदायिक संक्रमणको अवस्था हो । यो अवस्था सम्म आइपुग्दा देशका धेरै क्षेत्र भाइरसबाट प्रभावित बनिसकेका हुन्छन ।

४.चौथो चरण:-
यो महामारीको चरण हो । यो कोरोना भाइरसको अन्तिम र भयानक अवस्था हो । यो अवस्थामा पुगिसकेपछि भाइरसको प्रकोप रोक्न निकै कठिन हुन्छ । विश्वका शक्तिशाली मुलुकले समेत यो चरण रोक्न नसकेको अवस्थामा नेपाल यो चरणमा पुग्यो भने हामी कुनै हालतमा रोक्न सक्दैनौ । र हाम्रा वरिपरि मृतकहरुको ठुलो संख्या टुलुटुलु हरेर बस्नु बाहेक हामी केही गर्न सक्ने अवस्थामा नै हुनेछैनौं । हामी संग न पर्याप्त अस्पताल छ, न अरु उपचारका उपाय । त्यसैले अब लक डाउनलाई मजाक हैन कर्फ्युका रुपमा अवलम्बन नगरे देश र नेपाली जनताले थेग्न गाह्रो हुन्छ ।

(डा.राजेन्द्र शर्माको फेसबुकबाट साभार)