काठमाडौं: कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा २४ लाख ७३ हजार मानिस संक्रमित भएका छन्।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसबाट ६ लाख ४६ हजार मानिस निको भैसकेका छन् । यस्तै, कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभरी १ लाख ७० हजार पुगेको छ। चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले विश्वभरी सबैभन्दा बढि संक्रमित अमेरिकामा छन्।

अमेरिकामा अहिलेसम्म ७ लाख ८६ हजार ६ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै संक्रमितहरुको दोस्रो स्थानमा स्पेन छ, त्यहाँ २ लाख २ सय १० जनामो कोरोना पोजेटिभ देखिएको छ। त्यस्तै इटालीमा १ लाख ८१ हजार, २ सय २८, फ्रान्समा १ लाख ५६ हजार ४ सय ८०, बेलायतमा १ लाख २८ हजार ८ सय ५६ जना संक्रमित भएका छन्।