धरान: लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका सडक मानवहरुलाई सरसफाई सम्बन्धी अभ्यास तथा सचेतना प्रदान गरिएको छ ।

उनीहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरुबाट हात धुने र दाँत माझ्ने अभ्यास र सचेतना गराइएको हो । उनीहरुलाई हात धुने, ब्रस गर्ने तरिका सिकाउदै हात नधुदा कोरोना भाइरस सर्ने जोखिमबारे जानकारी दिएका थिए । नर्सहरुले हात धुने र दाँत माझ्ने तरिका प्राक्टिकल गरेर नै सिकाएका थिए । यसैगरि, अपाङ्ग पुनस्थापना केन्द्र तथा असाहाय सेवा केन्द धरान ८ ले चार दिनको खाजा र माक्स, सेनिटाइजर, फिनेल र साबुन लगायतका सामग्रीहरु प्रदान गरेको छ । उक्त सामग्री होप धरानका अध्यक्ष निश्चिल मोहन पलिखेलाई सेवा केन्दका अध्यक्ष सुनिल खड्कासहित दाताहरुले हस्तान्तरण गरेको थिए ।

street2

धरान उपमहानगरपालिकाले कोरोनाको संक्रमणबाट जोगाउनको लागि धरानको सडकहरुमा आश्रित मानिसहरुलाई बैशाख १ गतेदेखि लांघालीको आवास गृहमा राखेको छ । त्यहाँ आश्रितहरुलाई विहानको खाना र दिउँसोको खाजा होप धरानले व्यवस्थापन गर्दै आएको छ भने अन्य सम्पूर्ण व्यवस्थापन र वेलुकीको खाना धरान उपमहानगरपालिकाले गरेको छ । आवास गृहमा राखिएका मानिसहरु प्रकृतिका भएकोले उनीहरुलाई वर्गीकरण गरेर आवश्यक सीप र सकरात्मक सोचको विकास गराउने तालिमहरु दिनुपर्ने सडक मानव व्यवस्थापन समितिकी सदस्य एवं महिला संजालकी अध्यक्ष सविता राईले बताइन् । आवास गृहमा करिब सय जना मानिसहरु रहेका छन् ।

street3