धरान: सरकारले लकडाउन जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १५ दिन थप्दै जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको हो । यसअघि थप भएको लकडाउनको अवधि सोमबार सकिदै थियो । कोभिड १९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरे अनुसार मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएको र २ जनाको मृत्यु समेत भएपछि लकडाउनको अवधि बढाउने निर्णयमा सरकार पुगेको हो । नेपामला सिन्धुपाल्चोककी २९ वर्षिय सुत्केरी महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भइसकेको छ ।