धरान: हिजो कोरोना संक्रमण पुष्टि भएका झापाका २७ जना कोरोना संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नलिए पछि विजोग भएको छ ।

उनीहरुले रातभर प्रतिष्ठानको आइसोलसन वार्डबाहिरै ल्याएको बसमा नै रात कटाएका छन् । दिसा, पिसाब गर्ने ठाउँ पनि नपाएर आइसोलेसन वार्ड बाहिरै परिसरमा गर्न लगाएको एक सुरक्षाकर्मीले बताए । आज बिहान सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रतिष्ठान आएर घटनाबारे सोधखोज गरेपछि मात्र करिब ९ बजेतिर संक्रमितहरुलाई आइसोलेसन वार्डमा लैजान थालिएको थियो । मन्त्री घिमिरे बिहान करिब ७ बजेतिर प्रतिष्ठान आइपुग्दा पनि कोही पनि पदाधिकारीहरु आएका थिएनन् ।

jhapa-corona2

मन्त्री घिमिरले संक्रमितहरुलाई अस्पतालमा नराखेर रातभर बाहिरै राखेर प्रतिष्ठानले गम्भीर लापरवाही भएको बताए । उनले यो बिषयमा सत्य तथ्य बताउन र फेरि नदोहोरिन पदाधिकारीहरुलाई कडा निर्देशन दिएको पनि बताए । साथै मन्त्रीले बिहिबार मात्र अनलाइन बैठकमा वीपीका पदाधिकारीले २ सय बेड तयार छ भनेको पनि बताए । तर, २७ जना संक्रमित किन भर्ना नलिएको भनेर आफु अचम्मित परेको बताए ।

यता प्रतिष्ठानका पदाधिकारीहरुले भने यो बिषयमा मिडियासँग बोल्न मानेनन् । उनीहरुले आफुहरु तयारीमा लागेको भन्दै प्रतिक्रिया दिएनन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले भने हिजो समन्वय अभाव भएको बताउदै आज संक्रमित सबैलाई आइसोलेसनमा राख्न थालिएको बताए ।

jhapa-corona jhapa-corona4 jhapa-corona6 jhapa-corona3