धरान: झापाका संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अस्पतालमा नराखी रातभर बाहिरै राखेको थाह पाएपछि आज बिहानै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे धरान आइपुगे । उनी प्रतिष्ठान आइपुग्दा पनि यहाँका पदाधिकारीहरु भने बेखबर झै थिए ।

मन्त्री करिब ७ बजे प्रतिष्ठान आएर जानकारी लिन थालेपछि मात्र विभागीय प्रमुख र प्रतिष्ठानका पदाधिकारीहरु आइपुगे । सामाजिक विकास मन्त्री घिमिरले पदाधिकारीहरुलाई संक्रमितहरुलाई किन अस्पतालमा नराखिएको ? भन्दै सोधे तर कसैले पनि प्रष्ट जवाफ दिएनन् । मन्त्री घिमिरले मिडियासँग कुरा गर्दै संक्रमितहरुलाई रातभर बाहिरै राखेर अमानवीय कार्य भएको बताए । साथै उनले वीपी जस्तो प्रतिष्ठित स्वास्थ्य संस्थाबाट लापरवाहीको पराकाष्ठ भएको पनि बताए ।

उनले किन यस्तो भएको हो भनेर प्रष्ट पार्न पनि पदाधिकारीलाई भनेको र फेरि नदोहोरिन निर्देशन दिएको पनि बताए । बिहिबार बेलुकी भच्र्युल बैठकमा पनि वीपीका भिसिले २ सय बेड तयार छ भनेपछि हिजो झापाका संक्रमितलाई पठाइएको तर किन व्यवस्थापन नगरेको भनेर मन्त्री आफै पनि आश्चर्यमा परे ।

jhapa-corona2

मन्त्री घिमिरेका अनुसार संक्रमितलाई केन्द्रीकृत गरेर उपचार गर्दा जोखिम धेरै नहुने र स्वास्थ्यकर्मी पनि धेरै नचाहिने भएकोले शुरुमा विराटनगरमा राखेको बताए । त्यहाँ क्षमता भन्दा बढी भएपछि वीपी प्रतिष्ठानमा समन्वय गरेर राख्न थालिएको बताए । धरानमा २ सय बेड तयार छ भन्ने रिपोटिङ भएर नै पठाउन थालिएको भन्दै उनले भने,‘सामान्य कमजोरी होइन । यत्रो प्रतिष्ठित स्वास्थ्य संस्थाबाट भएको लापरवाहीको पराकाष्ठ हो । कसको कारणले यस्तो भयो खोजीको बिषय हो ।’

हिजो झापाबाट संक्रमितलाई धरान पठाउनुअघि मन्त्रालयबाट फोकल पर्सनलाई सुचना दिइएको पनि उनले बताए । ‘रिपोटिङ गर्दा २ सय बेड तयार छ भन्ने तर सेवा गर्नुपदा सबै भागाभाग गर्ने ?’मन्त्री घिमिरेले भने,‘म आएपछि मात्र विभाग प्रमुख, अस्पताल प्रमुख, भिसि आउने काम भयो । के कारणले यस्तो भयो, अब फेरि हुनुहुदैन भनेको छुँ ।’

jhapa-corona4