धरान: प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि पर्यटन क्षेत्रको प्रर्वद्धन र पुर्वाधार विकासमा १ अर्ब १९ करोड १० लाख बजेट विनियोजन गरेको छ ।

कोभिड १९ को महामारीले गर्दा थला परेको पर्यटन क्षेत्रको विकास, प्रर्वद्धन र पुर्वाधारको लागि प्रदेश सरकारले यो बजेट ल्याएको हो । आज प्रदेश सभामा प्रस्तुत बजेटमा आर्थिक समृद्धिको आधार, पर्यापर्यटन, उद्योग र व्यापार भन्ने अवधारणा अनुरुप प्रत्येक जिल्लाको पर्यटकीय गुरुयोजना निर्माण र महत्वपुर्ण पर्यटकीय गन्तव्यहरुको पुर्वाधार विकास गरिने उल्लेख छ । स्थानीय तहसँगको समेत सहभागितामा ग्रामिण विकासको लागि पदमार्ग पर्यटनको विस्तृत परियोजना तयार गरेर कार्यान्वयन शुरु गरिनेछ । यसको शुरुवात मुन्धुम ट्रेलको निर्माणबाट गरिने पनि बजेटमा उल्लेख छ ।

यस्तै, ऐतिहासिक एवम् पुरातात्विक दरवारहरु विजयपुर, चौदण्डीगढी, हतुवागढी, हिलिहांग, विराटदरवार र किचकबधको संरक्षण र आवश्यक पूर्वाधारको निर्माणको लागि बजेटमा व्यवस्था गरिएको छ भन धार्मिक पर्यटकीय क्षेत्रहरु हलेसी, वराहक्षेत्र, टेम्के, मांङसेवुंङ, सिलौटी, लब्रेकुट्टी र पाथिभरा क्षेत्रहरुको संरक्षण, सम्बर्ध्दन र आवश्यक पूर्वाधार निर्माण गर्न पनि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

budget-tourim1 budget-tourism2