विराटनगर: प्रदेश १ मा आज १७ जना कोरोना संक्रमित थपिएका छन् ।

आज मोरङमा ३, झापामा ७, सुनसरीमा २, ते¥हथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुषमा पोजेटिभ पुष्टि भएको हो । यस्तै, झापाको मेचीनगरमा एक महिला, ४ पुरुष, विर्तामोड र हल्दिबारीमा १–१ जना पुरुष संक्रमित देखिएका छन् ।

यसैगरि, सुनसरीको इटहरीका २ पुरुष, ते¥हथुमको लालीगुराँसमा एक पुरुष, ताप्लेजुङको फुङलिङमा एक महिला र एक पुरुष तथा इलामको सन्दकपुरमा २ पुरुषमा संक्रमण देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २ पुगेको छ ।

यस्तै, प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १४ जना र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३५ जना डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएकामा ३९ पुरुष र १० महिला रहेका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय२७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।