विराटनगरः प्रदेश १ मा आज कुल ५७ संक्रमित थपिएका छन् ।
प्रदेश जनस्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मोरङमा एकैदिन ४६ संक्रमित थपिएका छन् । कुल संक्रमितमध्ये महिला १८ र पुरुष ३९ रहेका छन् । मोरङका मात्र ४६ जना कोरोना पोजेटिभ हुन् । सुनसरीमा ५ र झापामा ६ संक्रमित थपिएका छन् । सुनसरीको इटहरीमा ३, इनरूवामा १ र धरानमा १ जना संक्रमित थपिएका छन् ।
यस्तै, झापाको विर्तामोडमा १ र अर्जुनधारामा ५ जना संक्रमित रहेको सामाजिक विकास मान्त्रालयले जानकारी दिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या १ हजार १ सय २८ पुगेको छ । यस्तै, डिस्चार्ज हुनेको संख्या ८ सय २९ पुगेको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
                     
                     
		


 
		 
		 
		 
		



