धरान: नेपाल खानेपानी संस्थानको धरान शाखा प्रमुखसहितको टोली खानेपानीको मुहानमा गएर धरान खानेपानी आयोजनाको पाइप तोडफोड भएको आरोप लागेको छ ।

संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठसहित दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिका संयोजक साम्पाङ नेतृत्वको समुहले तोडफोड गरिएको आरोप लागेको हो । तर, संस्थानका निमित्त प्रमुख श्रेष्ठ र साम्पाङले भने तोडफोड नभै पाइप खुस्काईदिएको मात्र दाबी गरेका छन् । घटनापछि मेयर तिलक राईले घटनाबारे स्थलगतरुपमा गएर बुझ्न र क्षतिको विवरण पेश गर्न निर्देशन दिइएको जानकारी दिए । ‘आयोजना प्रमुखलाई स्थलगतरुपमा गएर बुझ्न लगाएको छुँ, क्षति के कति भएको हो, विवरण लिएर आउनु भनेको छुँ,’मेयर राईले भने ।

pani2

आयोजना प्रमुख राजु पोखरेलका अनुसार मुहानको पाइप खुस्काउनुका साथै एचडिपी(पोलेथिन पाइप)हरु पनि क्षति पुर्याएको जानकारी दिए । प्रहरीसहितको टोलीले क्षतिको आकलन गरेको र मेयर समक्ष पेश गरिने उनले बताए । ‘हिजोसम्म सुधारको काम गरिएको थियो । फुस्रेको फिल्टरमा आउने पाइप नै बन्द भयो । त्यसो हुँदा फिल्टर गरेको सुद्ध पानी तिवराण् गर्न सकिएन,’उनले भने ।

संस्थानका निमित्त प्रमुख श्रेष्ठले साम्पाङसहितको टोली कार्यालय आएर मुहानमा जानुपर्छ भनेर दबाब दिएकोले गएको बताए । ‘उहाँहरुले आयोजनाको भल्व खोलेको हो, त्यसलाई जोड्न मिलिहाल्छ, तोडफोड भएको होइन,’श्रेष्ठको दाबी छ,‘आयोजनाको इञ्जिनियर पनि हुनुहुन्थ्यो, मैले नखोल्नुस् भन्दा पनि मानेनन् ।’'

pani1

साम्पाङले भने संस्थानको टंकीमा आयोजनाले पाइप घुसाएर पानी लगेकोकारण संस्थानको ग्राहकलाई पानी नपुगेको कारण पाइप खुस्काइदिएको बताए । ‘हाम्रो वडामा पानी आएको छैन, त्यही बुझ्न संस्थान गयौं, र हाकिमलाई लिएर मुहानमा पनि गयौं,’उनले भने,संस्थानको टंकीबाट आयोजनाले पाइप लगेको रहेछ, त्यो कारण संस्थानको ग्राहकलाई पानी नपुगेको रहेछ । त्यही भएर पाइप खुस्काइदिएको हो, तोडफोड गरेको होइन । संस्थानको प्लम्बरहरु पनि थिए, उनीहरुको रेञ्जीले खोलेको हो, ढुंगामुढा गरेकै छैनौं ।’