धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कपिलबस्तुबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि हिजो साँझ नै आइसोलेसनमा सारिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनी प्रतिष्ठान आएदेखि नै अलग्गै राखेकोले समस्या नभएको पनि उनले बताए ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



