धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाडजोर्नी विभागका प्रमुख प्रा.डा.पशुपति चौधरीद्वारा लिखित ४ वटा पुस्तकको सार्वजनिक भएको छ ।

प्रतिष्ठानको अडिटोरियम हलमा शुक्रबार आयोजित एक समारोहबीच डा.चौधरीको ४ वटा पुस्तक विमोचन भएको हो । विमोचन समारोहका प्रमुख अतिथि एवं प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी, भाषाविद डा.टंक न्यौपाने, विघटित प्रतिनिधिसभाका सांसद घनश्याम खतिवडा, प्रदेश सांसद सावित्री जोशी, उमिता वराइली, धरानका मेयर तिलक राई, दुहबीका मेयर वेद गच्छदार, प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक डा.गौरीशंकर साह, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीलगायतले पुस्तक विमोचन गरेका थिए ।

dr-pashupati, 1

डा.चौधरीले ढाडको दुखाई: समस्या र समाधान, हाडजोर्नी समस्या: समाधान र अन्य सासामयिक बिषयमा मेरो विचार, फिजियोथेरापी एक परिचय र थारु पिपुल: हिष्ट्री, ओरिजन नामको पुस्तक लेखेका छन् । यिनै पुस्तकहरु सार्वजनिक गरिएको हो । दैनिकरुपमा ढाडको समस्याले ग्रसित सर्वसाधरणहरुलाई डा. चौधरीले लेखेको पुस्तक उपयोगी हुनेछ । लेखक डा.चौधरी प्रतिष्ठानका बिशेषेज्ञ चिकित्सक शिक्षकसँगै कार्यकारिणी समिति सदस्य पनि हुन् ।