धरान: धरान १६ स्थित युएन कलेजले आफ्नो कलेजको बिएचएम फ्याकल्टीतर्फ प्रदेश १ मै प्रथम र तृतीय हुन सफल विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ ।

कलेजले आज एक कार्यक्रमको आयोजना गरि ३ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो । तीनै जना छात्रा हुन् । विएचएमको पहिलो सेमेस्टरमा युएन कलेजका विद्यार्थी ऋतु राई प्रदेश १ प्रथम भएकी थिइन् भने दोस्रो सेमेस्टरमा स्टेला मेन्याङ्गवो प्रथम भएकी छिन् । यस्तै, दोस्रो चेमेस्टरमै दिला नेम्वाङ प्रदेश १ मा तेस्रो भएकी छिन् । कलेजले प्रदेश १ मा प्रथम हुने विद्यार्थीलाई जनही नगद २५ हजार र सम्मान पत्र प्रदान गरेको थियो भने तेस्रो हुने विद्यार्थीलाई नगद १० हजार रुपैयासहित सम्मान पत्र प्रदन गरेको थियो ।

un1

कलेजका प्रमुख डम्बर तुम्वापोका अनुसार प्रथम हुने ऋतु र स्टेलाले समान ३.६९ जिपिए अंक ल्याएका थिए भने तेस्रो हुने दिलाले ३.६२ जिपिए ल्याएका थिए । उनीहरुलाई शुक्रबार कलेजको हलमा अभिभावक र विद्यार्थीहरुको उपस्थितिमा सम्मान गरिएको थियो । विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि हरेक सेमेस्टरमा प्रदेश १ मै प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई यसरी नै सम्मान गरेर हौसला वढाउने कलेज प्रमुख तुम्वाम्पोले जानकारी दिए ।

आठ सेमेस्टरको कोर्ष हुने विएचएमको हरेक छ महिनामा परीक्षा हुने गरेको छ । सम्मानित विद्यार्थीहरुले कलजलाई सम्मानको लागि धन्यवाद दिएका थिए भने आफ्ना जुनियर विद्यार्थीहरुलाई पनि अनुशासित भएर मेहेनत गरेर अध्ययन गरे सफलता हात लाग्ने सन्देश दिएका थिए । कलेजका अध्यक्ष ज्ञानेश्वर झाको सभापतित्वमा आयोजित कार्यक्रममा अग्रज पत्रकार राजेश विद्रोहि समेतको उपस्थिति रहेको थियो । तस्विरः विकास चाम्लिङ राई

un2 Un un3 un5 un4 un6un7