धरान: प्रभु बैंक धरान १० के रन नवौं नेवा च्यारिटी २०७७ मा त्रिभुवन आर्मीका गजेन्द्र राई र धादिङकी सन्तोषी श्रेष्ठ विजेता भएका छन् ।

आज धरानमा सम्पन्न भएको प्रतियोगितामा गजेन्द्रले निर्धारित १० किलोमिटरको दुरी ३२ मिनेट २१ सेकेण्डमा पुरा गर्दै प्रथम भए । पुरुषतर्फ आर्मीकै टंकबहादुर कार्की ३३ मिनेट ५४ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने आर्मीकै जितेन्द्र दनवार ३४ मिनेटमा दुरी पुरा गर्दै तेस्रो भए । यस्तै, भोजपुरका श्रीकास राई चौथो र धरानका नविन तामाङ पाँचौं भए ।

2 2

महिलातर्फ सन्तोषीले ३८ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै प्रथम भइन् । उनी गएको आठौं साफ गेम्समा गोल्ड मेडल विजेता पनि हुन् । धरान रनमा सन्तोषीको ह्याट्रिक हो । भोजपुरकी छविमाया राईले ४२ मिनेट ७ सेकेण्डमा पुरा गर्दै दोस्रो भइन् भने जुम्लाकी वन्दना बुढाले ४३ मिनेट ४८ सेकेण्डमा पार गर्दै तेस्रो भइन् । यसैगरि, धरानकी इन्द्रकला लिम्बु र कमला राई क्रमशः चौथो र पाँचौं भए ।

पुरुष तथा महिला प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजारसहित ट्रफि, मेडल पाए भने चौथो र पाँचौ हुने धावकधाविकाहरुले सान्त्वना पुरस्कार पाए । धरान रनले रनर अफ दि इयरको पुरस्कार पुरुषतर्फ इन्डिस राई र महिलातर्फ छेन्वी राईलाई प्रदान गरेको थियो । कार्यक्रममा विश्वको दोस्रो उच्च शिखर के टुमा हिउँदमा सफल आरोहण गरेर विश्व किर्तिमान गर्ने आरोही दललाई सम्मान गरिएको थियो । यस्तै, चर्चित गायक राजु लामा, पुर्व मिस नेपाल मलिना जोशी, दार्जिलिङका मोटिभेस्नल स्पिकर प्रमिस भुटियालाई पनि सम्मान गरिएको छ ।

तस्बिरहरु: विकास चाम्लिङ

3 2 5 11 1 10 1 12 1 15 9 1 17 13 1 18 8 1 6 7 1 16 14 1