धरान: २१ सँस्करणको गोधुली कप फूटबल प्रतियोगितामा आज भएको खेलमा गोलाको बर्षा भएको छ ।

धरान १६ स्थित रंगशालामा भएको खेलमा धरानको वडा नं १३ ले वडा नं ४ लाई ८ ० गोलको फराकिलो अन्तरले हरायो । वडा नं १३ का खेलाडी परिवर्तन कपाली एक्लैले ब्यक्तिगत ४ गोल गरे । यस्तै, सुशान्त राई, अशोक कट्वालले ब्याक्तिगत २ २ गोल गरे । खेल अवधिभर वडा नं १३ ले विपक्षी वडा ४ लाई दबाबमा राखेको थियो । खेलको म्यान अफ दि म्याच वडा नं १३ का परिवर्तन कपाली घोषित भए । उनले नगद १५ सय हात पारे ।

प्रतियोगितामा भोलीको पहिलो खेल वडा १६ र ६ बीच हुनेछ भने दोश्रो खेल वडा नं १० र ८ बिच हुने आयोजक गोधुली क्लबले जनाएको छ । प्रतियोगितामा धरान वडा नं २ बाहेक १९ वडा सहभागी छन् ।godhuli1 2