धरान: २१ औं गोधुली टुबोर्ग फुटबल रनिङ कपमा धरानको वडा नं. १६ र वडा नं ८ विजयी भएका छन् ।

धरान १६ स्थित रंगशालामा आज मंगलबार भएको पहिलो खेलमा वडा नं. १६ ले वडा नं. ६ लाई १–० गोल अन्तरले हरायो । जितसँगै वडा नं १६ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । वडा १६ का लागि किरण हमालले एक मात्र निर्णायक गोल गरे । खिेलको म्यान अफ द म्याच वडा नं. १६ का मनिष बस्नेत घोषित भए ।

godhuli1 3

यस्तै, दोस्रो खेलमा वडा नं. ८ ले वडा नं. १० लाई ३–० गोल अन्तरले हराउदै क्वार्टर फाइनलमा प्रवेश गरेको छ । वडा नं ८ का लागि प्रजिन राईले र्२ गोल गरे भने मनिष गुरुङले एक गोल गरे । खेलको म्यान अफ दि म्याच उनी नै घोषित भएका थिए । भोली बिहिबार हुने पहिलो खेल वडा नं. १३ र वडा नं ५ बीच हुनेछ भने दोस्रो खेलमा वडा नं १९ र १२ बीच हुनेछ ।

चैत्र ७ गतेसम्म हुने प्रतियोगितामा धरानका १९ वटा वडाको टिम सहभागी रहेको छ । प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।