विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ६५७ जना संक्रमणमुक्त भएका छन् । 

संक्रमणमुक्त हुनेमा २८७ महिला र ३७० पुरुष रहेका छन् । हालसम्म ५६ हजार ५१९ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरि, प्रदेश १ मा ३६२ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार झापामा ११९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा ८–८, धनकुटामा ६, भोजपुर र उदयपुरमा ५–५, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको छ । 

झापाको मेचीनगरमा २३, विर्तामोड र भद्रपुरमा १९–१९, दमकमा १६, शिवसताक्षीमा १०, कनकाई र अर्जुनधारामा ९–९, बुद्धशान्तिमा ८, बा¥हदशीमा २, हल्दिबारी, कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जना छन् । सुनसरीको धरानमा ४७, इटहरीमा २६, दुहवी र बराहक्षेत्रमा ५–५, रामधुनीमा ३, इनरुवामा २, कोशी गाउँपालिका, बर्जु, देवानगञ्ज गढी र स्थानीय तह नखुलेका १–१ जना छन् भने मोरङको विराटनगरमा ४६, बेलबारीमा १५, पथरीशनिश्चरेमा ११, बुढीगंगा, उर्लाबारी र रतुवामाईमा ४–४, सुन्दरहरैचामा ३, सुनबर्षी, रंगेली, ग्रामथान, जहदा र कटहरीमा १–१ जनामा संक्रण्मा देखिएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरि पाँचथरको फिदिममा १४, संखुवासभाको खाँदबारीमा ७ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ५, रोङमा २ र सन्दकपुरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, साघुरीगढीमा २ र महालक्ष्मीमा १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका २–२, षडानन्दमा १, उदयपुरको  बेलका, कटारी, त्रियुगामा १–१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको सिदिङ्वा र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।