विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

संक्रमणमुक्त हुनेमा ३०४ महिला र ३२२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार १४५ पुगेको छ । यसैगरि, प्रदेशमा ३०८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२४, सुनसरीमा ९४, मोरङमा ५८, धनकुटामा ६, इलाममा ५, उदयपुरमा ३, तेह्रथुम र पाँचथर, ताप्लेजुङ, संखुवासभामा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको  छ ।

झापाको विर्तामोडमा ३५, भद्रपुरमा २२, मेचीनगरमा १७, अर्जुनधारामा ११, कनकाइमा १०, शिवसताक्षी र दमकमा ८–८, झापा गाउँपालिका, बुद्धशान्ति र स्थानीय तह नखुलेका ३–३, हल्दिबारीमा २, बा¥हदशी र गौरादहमा १–१ जना छन् । सुनसरीको धरानमा ७०, इटहरीमा १४, दुहवीमा ४, कोशी हरिनगर, बर्जु, गढी, रामधुनी र बराहक्षेत्रमा १–१, मोरङको विराटनगरमा ३३, बुढीगंगामा ५, बेलबारी, जहदा र सुन्दरहरैचामा ३–३, रतुवामाई, लेटाङ, उर्लाबारी र पथरीशनिश्चरेमा २–२, केराबारी, सुनबर्षी र रंगेलीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ३, चौविसे, महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुलीमा ३ र सुर्योदयमा २, उदयपुरको चौदण्डीगढी, कटारी र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको लालीगुराँस र मेन्छेयायममा १–१, पाँचथरमा २, ताप्लेजुङको सिदिङ्वा र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, भोजपुरको पौवादुङ्मामा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८ हजार ७९७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ५३४ रहेको छ ।