धरान: प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । 
उनलाई प्रतिनिधि सभाका बहुमत १६५ जना सांसदहरुले आइतबार राती विश्वासको मत दिएका हुन् । विश्वासको मतको पक्षमा मतदान गर्नेहरुमा नेकपा एमालेका ओली पक्षका सांसदहरु पनि छन् । विश्वासको मतको विपक्षमा ८३ मत खसेको छ भने एक जना सांसद तटस्थ रहेका छन् ।
संसद वैठकमा २४९ जना सांसद उपस्थित भएका थिए भने २१ सांसद अनुपस्थित थिए । विश्वासको मतको पक्षमा मतदान गर्ने एमाले सांसदहरु २२ जना छन् । ती मध्ये केही ओली समुहका सांसदहरुले पनि विश्वासको पक्षमा मत दिएका छन् ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
                     
		


 
		 
		 
		 
		



